वीपीमा वीमा सूचारु गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण

  • चैत १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गरिब तथा सहायलाई लक्षित गरी नेपाल सरकार अन्तर्गतको स्वास्थ्य वीमा बोर्डले प्रदान गरेको वीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बन्द गर्ने निर्णय गरेपछि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको छ ।

मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँ सहितको टोलीले शुक्रवार प्रतिष्ठानको अस्पताल प्रशासन, स्वास्थ्य बीमा प्रशासनका अधिकारीहरूसँग छलफल गरी वीमा गरेका बिरामीहरूको उपचार सेवा सुचारु राख्न प्रतिष्ठानलाई ध्यानाकर्षण गराएका हुन् ।

सरकारले चैत ७ गते किस्ता स्वरूप बिमा रकम निकासा गरेको अवस्थामा बिपी प्रतिष्ठानले स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बन्द गर्ने भनी जारी गरेको सूचना गैर जिम्मेवारी भएकोमा स्थानीय सरकार धरान उपमहानगरपालिका, जिल्ला प्रशासन तथा सुरक्षा निकायले ध्यानाकर्षण गराउँदै स्वास्थ्योपचार अत्यावश्यक सेवाको श्रेणीमा पर्ने भएकोले रोक्न नमिल्ने जानकारी गराएको छ ।

चैत ७ गते नै सरकारको बिमा बोर्डले बिमाको किस्ता बापत ३ करोड ५७ लाख ५१ हजार, ७ सय ५४ हजार रुपया निकासा गर्ने निर्णय गरिसकेको अवस्थामा अत्यावश्यक उपचार बन्द गर्ने सूचना जारी गरिनु गैर जिम्मेवार व्यवहार भएको बिपीका अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको हो ।

प्रजिअ यादवले मन्त्रालय र बोर्डमा सम्पर्क गर्दा चाँडै ७ देखी ८ करोड निकासा गर्ने तयारी भइरहेको बुझिएको जानकारी दिँदै प्रतिष्ठानले त्यसको जानकारी लिने ताकेता गर्ने काम नगरेर उपचारै बन्द गर्ने कुरा गर्नु गलत भएको बताए । उनले भने–‘बीपीले बीमा वापतको रकम बोर्डमा प्रक्रियागत रुपमा गए रोक्दैन, तर त्यस्तो देखिएन ।’

अस्पताल अधिकारीहरूले स्वास्थ्य बिमाको रकम निकासामा २०७४ साल देखी समस्या देखिएको बताए । बिमा रकमको दाबीमा मुल्याङकनको ढिलाइले अहिले सम्म २५ करोड दाबी रकम मध्ये १ करोड ६३ लाख रुपैयाँको मात्र मुल्याङन भएको जानकारी दिए । बिमा रकम दाबी गर्दा बोर्डले कतिपय दाबीमा रकम घटाएर मुल्यांकन गरिदिने गुनासो उनीहरूले सुनाए ।

छलफलमा निमित्त अस्पताल प्रमुख डा. विकाशकुमार साह, डा. अशोककुमार साह, बिमा शाखाका सुरज ढुङ्गाना, धरान उपमहानगरपालकाका मेयर तिलक राई लगायतको उपस्थिति रहेको थियो ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved