क्याम्पसको प्रतिवद्धता पछि ताला खुल्यो : शुक्रबार डिन कार्यालयका छलफल हुने

  • चैत ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजको प्रशासन द्वारमा लगाएको ताला सहमति पछि विद्यार्थीहरुले खोलेका छन् ।

सात विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले प्रशासनको प्रवेशद्वारमा तालासँगै क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए ।

तर विद्यार्थीहरुको मागलाई गम्भीरतापूर्वक लिई शुक्रबार हुने वैठकमा क्याम्पसका तर्फबाट सकारात्मक रुपमा अगाडि बढ्दै विद्यार्थीलाई सामेल गराउने वातावरण तयार पार्ने क्याम्पसले लिखित प्रतिबद्धता जनाएपछि ताला खुलेको हो ।

यस अघि उनीहरुले  ७ जना विद्यार्थीका भविष्य अन्यौलमा पारेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

अनलाइन फारम भरेका त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनिरिङ संस्थानले फर्मका विषयमा गम्भीरतापूर्व नलिएकै कारण परीक्षा दिन नपाएपछि उनीहरुको भविष्यमाथि खेलबाड भएको भन्दै आन्दोलन चर्काएका थिए । फारम भरे पनि ‘एप्रुभ’ भएर नआएपछि उनीहरु परीक्षाबाटै बञ्चित हुनु परेको उनीहरुले बताएका थिए । आन्दोलनकै क्रममा उनीहरुले  क्याम्पस प्रमुृखको कुर्सी समेत जलाएका थिए ।

सबै प्रक्रिया पूरा गरेर अनलाइन फर्म भरेपछि प्रवेशपत्र लिन जादा फर्म भरेको नदेखिएको पीडित विद्यार्थीहरुले बताएका छन् । अनलाईनमार्फत फर्म भर्दा पनि छैन भन्दै क्याम्पसले परीक्षामा सामेल हुन नदिएपछि उनीहरु आक्रोसित बन्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पुनः दोब्बर शुल्क तिरेर भएपनि फर्म भर्ने व्यवस्था मिलाउदै परीक्षामा सामेल गराउनु पर्ने माग गरेका थिए । प्रशासनने शुरुमा गल्ति मान्दिनुपर्ने र गल्ति सच्याउदै विद्यार्थीलाई परीक्षामा समेल हुने वातारण मिलाउनुपर्ने माग उनीहरुको थियो ।

पीडित विद्यार्थी केशव आचार्यले इन्जिनियरिङ अध्ययन संस्थानको लापबाहीका कारण आफूहरुको भविष्य नै डामाडोल भएको बताए । उनले भने, ‘हाम्रो भविष्यको जिम्मा अब क्याम्पस र डिन कार्यालयले लिनुपर्छ ।’

विद्यार्थी तेजबहादुर खड्काले पनि अनलाईन फर्मको सिस्टममा इरर आइरहने समस्याले भरेको फर्म पनि नदेखाएको बताए । उनले भने, ‘त्रिवीको अनलाईन फर्म प्रभावकारी छैन, यसको मारमा हामी विद्यार्थी पर्‍यौ, जसरी हुन्छ हामीले परीक्षा दिन पाउनुपर्छ ।’

त्रिविले शुरु गरेको अनलाइन फर्ममा सिस्टम नै राम्रो नभएकोले विद्यार्थीहरुले पटक पटक यस्ता समस्या भोग्दै आउनु परेको क्याम्पसका पूर्व विद्यार्थी पवन कार्की बताउँछन् । अनलाइन सिस्टम बनाए पनि प्रभावकारी नहुँदा विगतमा पनि विद्यार्थीले समस्या भोगेको बताए । उनले भने, ‘यसमा विद्यार्थीको कुनै गल्ति छैन, जसरी भएपनि विद्यार्थीले परीक्षा दिन पाउनुप¥यो ।’

यस विषयमा क्याम्पसले डिनको कार्यालयमा कुरा भइरहेको जनाएको छ । क्याम्पसका सहायक प्रमुख विनयलाल श्रेष्ठले विद्यार्थीलाई परेको मार्काको विषयमा आफूहरुले डिनको कार्यालयमा पत्राचार गरेको र भोलि ११ बजे वैठक बस्ने निर्णय भएको बताए । उनले यसको समाधान गर्न क्याम्पसले पहल गर्ने बताए । उनले भने, ‘फर्म भर्दा ‘इरर’ आएकै कारण क्याम्पसका ७ जनाले परीक्षा दिनबाट बञ्चित हुनुप¥यो, यसको समाधानका लागि क्याम्पसले डिन कार्यालयमा कुरा अगाडि बढाएका छौ, आशा छ, डिन कार्यालयबाट सकारात्मक कुरा आउछ ।’

अहिले अनलाइन फर्म प्रभावकारी नभएकै कारण कम्प्युटर तेस्रो बर्षको दुई जना, मेकानिकल तेस्रो बर्षको एक जना, सिभिल इन्जिनियरको दोस्रो बर्षका एक जना, सिभिल प्रथम बर्षको १ जना, सिभिलकै चौथो बर्षका एक जना विद्यार्थीले अनलाइन फर्म भरेर पनि परीक्षा दिन पाएका छैनन ।

केही फ्याकल्टीको परीक्षा चैत्र ६ बाट सञ्चालन भए पनि कम्युटर तेस्रो बर्ष, इलोक्ट्रोनिक्स र मेकानिकलको भने चैत्र १३ गतेबाट परीक्षा सञ्चालन हुदैछ । फर्म भरेका विद्यार्थीले परीक्षा दिन नपाएमा अर्को शैक्षिक बर्ष कुर्नुपर्ने र अर्को बर्ष पनि कसैको कोटा खाली भएमात्र पढ्न पाउने प्रावधान रहेको छ ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved