धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका लागि १० थान ह्वीलचियर सहयोग गरिएको छ । हाम्रो धरान सरोकार समाजको संयोजनमा चैत २५ गते शुक्रबार महेश श्रेष्ठको अगुवाइमा ह्वीलचेयर सहयोग गरिएको हो । आकस्मिक कक्षमा उपचारमा आउने बिरामीहरुले ह्वीलचियर नपाउँदा समस्या भोग्नुपरेकाले समाजको फेसबुक पेजबाट आव्हान गरिएको थियो । १ सय वटा ह्वीलचियर प्रदान गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा १० वटा प्रदान गरिएको छ । ह्वीलचियर आकस्मिक कक्षका सहायक इन्चार्ज डा. मासुम पौडेललाई प्रदान गरिएको छ । उपचारका लागि आउने अशक्त, बिमारीहरुलाई उपचार कक्ष सम्म पु¥याउन र बिमारीको छिटो उपचारमा थप
धरान । बराह ग्रुप प्रा.लि. अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आएका समस्याका बारेमा संस्थाले विहीबार पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गरेको छ । धरान १२ बराह सपिङ हलको बराह किचेनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले बराहको नियत खराब नभई संक्रमणिकालीन अवस्थाले समस्या ल्याएको बताए । उनले भने, ‘हामीले कोरोना महामारीका समयमा शेयर सदस्य तथा बचतकर्ताको घर घरमै पुगेर रकम दिएका थियौ, आवश्यक पर्ने खाद्य सामाग्री दिएका थियौ, बराह स्थापना भएदेखि नै सामाजिक कार्यसँगै व्यवसायलाई अगाडि बढाएका हौै ।’ उनले बराहलाई २०७२ सालको भुकम्पले पन
धरान । दिर्घकालिन रुपमा धरानको खानेपानी समस्या समाधान गर्न सन २०१२ देखि खानेपानी परियोजना संचालन भए पनि समस्या यथावत रहे पछि मन्त्रालयले चासो देखाएको छ । शहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको धरानको खानेपानी परियोजनाको काम पूरा भएर बोर्ड गठन भइसक्दा पनि धरानमा खानेपानी समस्या जस्ताको तस्तै भएको पाइएपछि मन्त्रालयले चासो देखाएको हो । खानेपानीको अवस्थाको वास्तविता अध्ययन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयले ५ सदस्यीय अध्ययन समिति गठन गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । उनका अनुसार समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्ने
धरान । केही दिन अगाडि नेवास् सम्मेलनमा सहभागी हुन धरान पुगेको थिए । धरान कुनै बेला लाहुरेको शहरका रुपमा निकै प्रख्यात थियो । जसले गर्दा धरान सम्पन्न र फेशनेबल शहरको रुपमा चिनिन्थ्यो । तर अचेल धरान लाहुरेको शहर जस्तै प्रतित हुदैन, बदलिसकेको छ । झट्ट हेर्दा अब्यबस्थित देखिन्छ । शहरको बिचमा रहेको भानु चोक झन अब्यबस्थित देखिन्छ । सडक छेउमै लहरै जथाभावी पार्किङ गरिएको देखिन्छ । सडक किनारमा पनि बेरोकटोक सडक ब्यापार गर्न छुट छ । धरानको बिचबाटै धनकुटा जाने राजमार्ग पनि तेर्सिएको छ । धरान धनकुटा राजमार्गलाई शहरको कुनै छेउमा लाने ब्यबस्था गरिनुपर्ने हो त्यो पनि भएको देखिदैन । जसले गर्दा खास बजारमा पैद
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. ज्ञानेन्द्र गिरी आएपछि दुई बर्षमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको कार्य प्रगति प्रतिवेदनमा दुई बर्षको अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको हो । २०७६ चैत्रमा नियुक्ति भएका डा. गिरीले २०७८ को हालसम्म उल्लेख्य काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नियुक्ति भएर आएलगत्तै विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणका विरामीलाई सहज रुपमा उपचार गराउन चुनौतिहरु देखिए पनि कोरोना महामारीका विरामीलाई सहज रुपमा उपचारका छुट्टै कोभिड अस्पताल संचालनमा ल्याएको बताएका छन् । उनले भनेका छन्, कोभिड अस्प
धरान । पछिल्लो समय बढ्दै गरेको गर्मीका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मीका कारण झाडापाखालाका विरामीहरु बढेको प्रतिष्ठानले जनाएको छ । विरामीको चापकै कारण अहिले विरामीले सहज रुपमा उपचार गराउन नपाइरहेको गुनासो समेत बढिरहेको छ । अत्याधिक बढेको चापका कारण विरामीले विल काट्न नै धौ धौ पर्ने गरेको छ । छालाको समस्या लिएर प्रतिष्ठान आएका सप्तरीका रामेश्वर यादवले उपचार गरेर त्यही दिन फर्किने चाहे पनि उनी फर्किन पाएनन् । विल काट्न नै समय लागेपछि चिकित्सकलाई देखाउन ढिलाई भएपछि भोलिपल्टमात्रै चेकजाच गर्न भ्याएका थिए । उनले भने, ‘विल काट्
धरान । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि विभिन्न चरणमा आन्दोलनहरु चर्किरहेको छ । प्रतिष्ठानको सेवा सुविधा सुधारको माग गर्दै स्थानीय सँगै चिकित्सकहरु पनि आन्दोलनमा रहेका छन् । यसै बिचमा प्रतिष्ठानले प्रतिष्ठानको सेवा र सुविधा सुधार गर्न थालेको छ । बिरामीको चाप बढे सँगै आवश्यक सेवा सुविधाहरु थप गर्न थालेको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा वेड र ट्रली थप गरेको छ । विरामीको चाप बढे सँगै आवश्यक वेड अभाव हुँदा विरामीले भुईमै उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ । आकस्मिक कक्षमा विरामी बोक्न प्रयोग गरिने ट्रली पनि थप गरे पछि सहजता हुने विश्वास गरिएको छ । ए
धरान । स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीहरुलाई लालपुर्जा दिनुपर्ने माग चर्कदै गए पछि स्थानीय सरकार पनि लालपुर्जा वितरणमा चनाखो भइरहँदा धरानमा भने फारम कम्प्युटरमै चढाउननै समस्या देखिन थालेको छ । नेपाल बसोबास बस्ती संरक्षण समाजले आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई निर्वाचन अघि नै लालपुर्जा वितरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मेयर राईले पनि लालपुर्जा चाडै वितरण हुने आश्वासन दिएका थिए तर धरान उपमहानगरपालिकामा लगत संकलन भएका सुकुम्बासीहरुको फारम इन्ट्रि गर्ननै ढिलाई देखिएको छ । जसको कारण मेयरले प्रतिबद्धता गरे अनुसारको काम भने हुन नसक्ने स्पष्ट देखिए
धरान । धरानमा स्थानीय चुनावको रौनक शुरु भएको छ । आगामी वैसाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी दलहरुले आफ्नो सक्रियता बढाएका छन् । कस्तो उमेद्वारलाई आगामी निर्वाचनमा उमेद्वार बनाउने देखि कुन–कुन दल गठबन्धन गरेर जानेसम्मका छलफलहरु चल्न थालेका छन् । केन्द्रमै सत्ता गठबन्धन गरेका दलहरुले गठबन्धनलाई बलियो बनाउन स्थानीय तहमा पनि गृहकार्य शुरु गरेका हुन् । यसैबीच सत्ता गठबन्धन दलहरुले धरानमा संवाद समिति गठन गरेर गठबन्धन गृहकार्य शुरु गरेका छन् । संवाद समितिमा गठबन्धनका नगर अध्यक्षहरु रहेका छन् । धरान २ मा रहेको काँग्रेसको पार्टी कार्यालयमा भएको संवाद समितिमा नेपाली काँग्रेसको तर्फबाट नगर सभ
धरान । सबै प्राणीका लागि आफ्नो सन्तान प्यारो लाग्छ । कसैले आफ्नो सन्तानलाई दुःख दिन खोजे, आक्रमण गर्न खोजे उसले सन्तानको बचाउका लागि जे गर्न पनि तयार हुन्छ । धरान १४ स्थित विजयपुरमा क्षेत्रमा बिहान हिड्ने स्थानीयले बच्चालाई जिस्काउने गर्न थाले पछि बाँदरहरुले झम्टिने गर्न थालेका घटना दैनिक हुन थालेका छन् । दन्तकाली मन्दिर तल चौतारी छेउमा केही समय अघि सम्म विहान कोही पनि हिड्न हिम्मत नै गर्दैनन् । घाइते सन्तानको बचाउमा आमा लाग्दा बादर हिंस्रक बन्ने गरेका छन् । छेउछाउबाट सर्वसाधारण हिड्न जोखिम रहेको छ । विहान मर्निङवाकमा पुगेका सर्वसाधारणलाई झम्टिने प्रयास गर्दा दन्तकाली मन्दिरतर्फ नै फर्किने