बाँदर समस्या थप जटिल

  • चैत २१, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान । सबै प्राणीका लागि आफ्नो सन्तान प्यारो लाग्छ । कसैले आफ्नो सन्तानलाई दुःख दिन खोजे, आक्रमण गर्न खोजे उसले सन्तानको बचाउका लागि जे गर्न पनि तयार हुन्छ ।

धरान १४ स्थित विजयपुरमा क्षेत्रमा बिहान हिड्ने स्थानीयले बच्चालाई जिस्काउने गर्न थाले पछि बाँदरहरुले झम्टिने गर्न थालेका घटना दैनिक हुन थालेका छन् । दन्तकाली मन्दिर तल चौतारी छेउमा केही समय अघि सम्म विहान कोही पनि हिड्न हिम्मत नै गर्दैनन् ।

घाइते सन्तानको बचाउमा आमा लाग्दा बादर हिंस्रक बन्ने गरेका छन् । छेउछाउबाट सर्वसाधारण हिड्न जोखिम रहेको छ । विहान मर्निङवाकमा पुगेका सर्वसाधारणलाई झम्टिने प्रयास गर्दा दन्तकाली मन्दिरतर्फ नै फर्किने गर्थे र कोही तल झर्न लागे नजाने सूचना दिन्थे । बच्चालाई बचाउन गरेको प्रयासले सर्वसाधारण आतंकिन हुनुपरेको मर्निङवाकमा हिडेका सुकदेव लामाले बताए । उनले भने, ‘हामी विहान दन्तकाली मन्दिर छेउको चौतारामा पुग्दा बादर हुलका हुल थिए, कोही बाटोमा बसिरहेका थिए, कोही बाँदर बेहोस भएको बच्चाको हेरचाहमा जुटेका थिए ।’ उनले त्यो बाटो जोकोही गयो कि झम्झिहाल्ने सम्भावना बढी भएको बताए । जब बच्चा ठीक भयो, आमाले लिएर गएपछि भने अवस्था सामान्य रहेको थियो ।

केही दिन अघि धरान १ स्थित सुनसरी उद्योग वाणिज्य छेउमा करेन्ट लागेपछि बेहोस भएको बादरलाई वरपर घेरेर बचाउने प्रयास गरेका थिए । छेउछाउबाट कोही हिडे झम्टिहाल्ने गर्दा सर्वसाधारणलाई बाटो काट्न नै हम्मे परेको थियो । स्थानीय नेपालधन राई भन्छन्, ‘अरु बेला बादरले सर्वसाधारणलाई केही नगरे पनि कुनै वादर वा उसको सन्तान दुर्घटनामा परे सर्वसाधारणमा आतंक मच्चिने गर्छ, बादरले झम्टिएर घाइते बनाउने हो कि भन्ने त्रास सबैमा हुन्छ ।’

धरानमा बाँदरको आँतक बढ्दो छ । यस्तो अवश्थामा सन्तान समस्यामा पर्दा उनीहरुको आक्रमणमा पनि स्थानीय पर्ने गरेका छन् । बादरको आक्रमणका कारण दुर्घटनाको जोखिम समेत बढेर गएको छ । केही बर्ष अगाडि धरान १३ एक व्यापारी बादरकै कारण मोटरसाइकलमा दुर्घटनामा परे । रोड क्रस गर्ने बेलामा बादर अगाडि आएपछि मोटरसाइकल ठोक्किदा उनी घाइते भए र बीपीमा उपचारपश्चात उनी ठीक भए ।

बादरको आतंक दिनप्रतिदिन बढ्दै गएको बादर पीडित संघर्ष समितिका संयोजक सकुल श्रेष्ठ बताउछन् । उनी भन्छन्, ‘अन्य बेला बादरले सामान विगारिदिने, भान्सामा पकाएको भात खाइदिने, फ्यालिदिने, फलफूल नष्ट गरिदिने तथा विजुलीको पोल सर्ट गरिदिने लगायतका समस्या ल्याएपनि कुनै वादर दुर्घटनामा पर्दा भने अन्य बेलाभन्दा बढी ह्रिसंक बन्ने गर्छ ।’ उनले बादरको आक्रमणबाट महिला, बृद्धिबृद्धा र केटाकेटीलाई बचाउन कठीन भएको बताए ।

बादरकै कारण जतिबेला पनि समस्या हुने गरेको उनी बताउँछन् । बादरले धेरै जसो विजुलीको पोलमा रहेको तार सर्ट गरिदिदा बादर आफै जोखिममा पर्छ भने अरुलाई पनि जोखिममा पार्ने गरेको छ । उनले भने, ‘कुनै एक बादर करेन्ट लागेर सडकमा झ¥यो भने सर्वसाधारण छेउछाउबाट नहिडे पनि हुन्छ । मानिसलाई नै झम्टिएर घाइते बनाउँछ ।’ पटक पटक स्थानीय, प्रदेश सरकारमा कुरा राख्दा समेत समस्या समाधान नभएको उनी बताउँछन् । बादरलाईलाई व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो दुर्घटना हुनसक्ने उनले बताए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved