मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो । विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित
धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु
धरान/ मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. १ मो मत परिणाम थप रोचक बन्दै गइरहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार यहाँ अहिले जसपाका उम्मेद्वार अशोक कुमार राईले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ८ सय १ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले १३ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन् । उनिहरु दुई बिच ४ मतको अन्तर रहेको छ । त्यसैगरी मओवादीका मुक्सामहाङ सुब्बाले १० हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार मनोज म्यानाङ्बोले ६हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान का २० वटै वडाको मतगणना सम्पन्न भइसकेको
धरान/ स्थानीय निर्वाचनमा चुनाव चिन्ह ‘लौरो’ को क्रेज प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ‘घण्टी’ ले लिएको छ । काठमाण्डौका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङले ‘लौरो’ चुनावचिन्ह देशभरि नै चर्चामा थियो र यी दुवैले निर्वाचन जिते पनि । ठिक यस्तै छ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह । धेरैले उमेद्वारलाई चिनेकै छैनन् । पूर्व सञ्चारकर्मी रवि लामिछानेले असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टीले ‘घण्टी’ चुनाव चिन्ह लिएसँगै यो चुनाव चिन्हको क्रेज स्थानीय तहमा दुई पालिकाका
धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ ९क० तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले गठबन्धनका तर्फबाट साँझा उम्मेद्वार बनेका नेपाली काँग्रेसका उमेश थापासँगको मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार बस्नेतले ११ सय ५ मतले अग्रता कायम गरेका हुन् । उनले ८ हजार ८ सय २ मत प्राप्त गर्दा काग्रेसका थापाले ६ हजार ९ ७७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका उद्धव श्रेष्ठले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।
धरान/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४ सय ८० मतगणना गर्दा एमालेका बस्नेतले ७ हजार २ सय २४ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । उनलाई गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका उमेश थापाले ६ हजार ३ सय ७ मत प्राप्त गर्दै बस्नेतलाई पछ्याइरहेका छन् । उनिहरु बिच १ सय ९७ मतको मतान्तर रहेको छ । त्यस्तै राप्रपाका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै) ५ हजार ४ सय १७ मत ल्याएर तेस्रो स्थानमा छन् । यसैगरि, स्वतन्त्र उम्मेद्वार समिर तामाङले २ हजार ५८ मत पाएका छन् भने खगेन्द्र श्रेष
धरान / सुनसरी क्षेत्र नं. १ मा हालसम्म १५ हजार बढी मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । गणना भएको कुल १५ हजार २ सय ५ मध्ये लोकतान्त्रिक बाम गठबन्धनका तर्फबा उम्मेद्वार बनेका मओवादीका मुक्सामहाङकोले ३ हजार १ सय ७५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमाले जसपाका साँझा उम्मेद्वार अशोक राईले २ हजार ७ सय ६४ मत प्राप्त गर्दै मओवादीका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनिहरुको बिच ४ सय ११ को मतान्तर रहेको छ । यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) छिन् । उनले २ हजार ४ सय २८ मत पाएकी छिन् भने राप्रपाका अशोक राई (अविर
धरान/ सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश) ले अग्रता कायमै राखेका छन् । गणना भएको ७ हजार ४ सय ३६ मत मध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका मुकेशले १ हजार ५ सय ५५ प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् । निकटतम प्रतिद्वन्दी एमाले जसपाका साँझा उम्मेद्वार अशोक राई राईले १ हजार ३ सय ४१ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले १ हजार २ सय ८८ मत पाएकी छिन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १ हजार ५६ मत पाएका छन् । खरायो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेद्वार
धरान/ सुनसरी १ मा सत्ता गठबनधनका माओवादी उम्मेदवार मुक्सामहाङ्ग सुब्बा (मुकेश) ले अग्रता लिएका छन् । सुरुवाती चरणमा पछि परेका उनि पछिल्लो परिणाम अनुसार १ हजार २ सय २२ मत ल्याउँदै पहिलो स्थानमा उक्लिएका छन् । त्यस्तै जसपा नेता अशोक कुमार राई १ हजार १ सय २२ मतसहित दोस्रो स्थानमा उक्लेका छन्। मतगणना जारी रहेको सुनसरी(१ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार मेयाङ्गबोले १०९१, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १०९० र राप्रपाका अशोककुमार राईले १००४ मत प्राप्त गरेका छन्।
धरान । वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुकको राजनीति विग्रिएको वताएका छन् । सुनसरीको धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त जनसभामा विहीवार कार्यक्रममा उक्त नेपालको राजनीतिक विग्रिएको भन्दै आक्रोस पोखेका हुन् । राजनीति गर्ने जनताले हो,त्यसका लागि जनताले सांसद चुनेर पठाउँछौ,अनि संसदले नीति निर्माण गर्ने हो तर यो मुलुकमा राजनीति २०४८ सालदेखि अदालतले गर्न थालेपछि जनताको राजनीति विगिएको प्रा.डा. न्यापानेको भनाई छ । उनले भने,‘२०४८ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी,तत्कालिन प्रधानमन्त्री गरिजा प्रसाद कोइराला अनि केपी शर्मा ओली नेतृत