विराटनगरमा रोजगार मेलाको आयोजना

  • मंसिर १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उदेश्यले विराटनगरमा रोजगार मेलाको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र कटहरी गाउं पालिका, मोरङ्गको आयोजनामा एकदिने रोजगार मेलाको आयोजना भएको हो ।

विराटनगरस्थित फलफूल तथा कृषि थोक बजार कटहरीमा आयोजित मेलामा रोजगारका लागि करीव नौ सयजनाले विभिन्न कम्पनिहरुसँग सम्पर्क स्थापित गरेका छन् । मेलाका अवसरमा रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित गराउने समेत उदेश्य पूरा भएको छ । मेलाका माध्यमबाट प्रदेश १ मा स्थानीय उद्योग वाणिज्य संघ र रोजगार सेवा केन्द्रहरुबीचको समन्वय स्थापना भई व्यवसायिक परामर्श, मार्गदर्शन र रोजगार मिलान मार्फत विदेशबाट फर्किएका आप्रवासी कामदारहरुको श्रम बजार संक्रमणलाई सहज वातावरण बनेको छ । मेलामा कामको खोजीमा रहेका व्यक्तिहरुको लगत दर्ता गर्ने, रोजगारदाताहरुले आफ्नो कम्पनि वा सेवा क्षेत्रमा आवश्यक परेको जनशक्तिको पहिचान गर्ने काम मेला आयोजनको मुख्य उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।

मेलामा व्यवसायिक घराना भएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । मेलाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका बोहराले बर्षेनी करिव ५ लाख युवाहरु श्रम बजारमा आउने गरेको बताए । उनले त्यसको ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने जानकारी दिए । उनले भने–‘न्यून दक्षता भएकाहरुको ठुलो संख्या वैदेशिक रोजगारीमा जाने गरेका छन्, नेपाली कामदारहरुले अन्य मुलुकका कामदारहरुको तुलनामा कम ज्याला पाउँछन् ।’ उनले मुलुकमा भित्रिइरहेका उद्योग प्रतिष्ठानहरुका पनि दक्ष जनशक्तिको अभाव हुँदा छिमेकी मुलुकका श्रमिकहरुले नेपाली श्रम बजारमा पहुँच बढाएकोले त्यसलाई निरुत्साहित गर्दै नेपाली श्रम बजारको बलियो उपस्थिति निर्माण गर्न मेलाले सहयोग पुग्ने उनले बताए ।

कार्यक्रमर्मा कटहरी गाउंपालिकाका अध्यक्ष श्री देवराज चौधरीले कटहरी गाउंपालिकाले पहिलो पटक आफ्नो क्षेत्रमा रोजगार मेलाको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । उनर्ले यो मेलाबाट कटहरी गाउं पालिकामा रहेका वेरोजगार युवाहरुलाई यसै क्षेत्रमा रहेका कलकारखानामा रोजगारी दिन पहल गर्ने बताए ।

यसैगरी मोरङका प्रमुख जिल्ला जिल्ला अधिकारी काशीराज दाहालले रोजगार मेलाको आयोजना गरि बेरोजगारहरुलाई रोजगारी दिने कार्य अत्यन्तै प्रशंसनीय रहेको बताएका थिए । मेलाका अवसरमा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय पचास जना, अरिहन्त मल्टिफाइवरले दुई सयजना, रघुपति जुटमिलले दुई सयजना श्रमिक कामदारको आवश्यकता सिर्जना गरेका छन् । त्यसैगरी होटल तथा पर्यटन क्षेत्रबाट पाँचसय, निर्माण व्यवसायसम्वद्ध संस्थाहरुले दुई हजार पाँच सय, सुदर्शन सेक्यूरिटीले एकसय विभिन्न शिप भएका श्रमिक कामदारका लागि फर्म भरेका थिए । मेलाकै अवसरमा विभिन्न कम्पनि, उद्योगधन्दा, कार्यालयहरुले समेत रिसेप्सनिष्ट, मार्केटिंग, मेशिन अपरेटर, प्याकेजिंग लगायतका क्षेत्रमा दक्ष कामदारको खोजी गरेका थिए । मेलामा करीव एकहजार भन्दा बढि वेरोजगारहरुले रोजगारको अवसरका लागि माग गरिएको थियो । मेलामा मनमोहन प्राविधिक विश्वविद्यालय, शैलजा आचार्य स्मृति पोलिटेक्निक लगायत विभिन्न तालिम प्रदायक संस्था र जव पोर्टलहरुले स्टल राखेका थिए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved