विजयपुरमा साप्ताहिक रुपमा सरसफाई: सचेतनाको कमीका कारण सरसफाई प्रभावकारी भएन

  • मंसिर १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो ।

अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।
तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थुप्रिने गरेको हो । साप्ताहिक रुपमा सरफाई गर्दा सबै भन्दा बढी गुट्खाको खोल भेटिने गरेको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनले भने–‘मन्दिरसम्म पुग्ने सडक, मन्दिर वरिपरि प्रत्येक हप्ता सरसफाई गर्छौ, भोलिपल्ट हेर्दा उस्तै फोहोर देखिन्छ, सबैभन्दा समस्या गुट्खा खाएर जथाभावि फाल्ने गर्नाले अझ मन्दिर वरिपरि नै कुरुप देखिने गरेको छ ।’ उनले विजयपुरमा रहेका सबै मन्दिरमा डस्विनको व्यवस्था गरे पनि गुट्खा खानेहरुले गुट्काको खोल खाएपछि डस्विनमा नहाली जथाभावि सडक, मन्दिर आसपास फाल्ने गरेको बताए । उनले भने–‘जतिसुकै सरफाई गरे पनि सर्वसाधारणमा सचेतना नभएसम्म स्वच्छ बनाउन समस्या हुदो रहेछ, म सबैलाई आग्रह गर्छु, मन्दिर सबैको आस्थाको केन्द्र हो, यसलाई स्वच्छ राख्नु हाम्रो धर्म हो, गुट्खा खाए पनि डस्विनमा फाल्ने र डस्विन नभए गोजीमा राखेर डस्विन भए ठाउँमा फाल्ने गरिदिनु होला ।’
उनले सर्वसाधारण सचेत भए मात्र अभियान सार्थक हुने बताए ।

उनले भने–‘हामीले जतिसुकै सरफाई गरे पनि फोहोर गर्नेले फोहोर गर्न छाडेन भने हाम्रो प्रयास निरर्थक हुन्छ, हामी यहाँ आउने सर्वसाधारण, भक्तजन, स्थानीय बासिन्दालाई जथाभावि फोहोर नगर्न आग्रह गर्दै आइरहेका छौं, आग्रह गर्दा पनि समस्या समाधान भएको छैन, फोहोर फाल्नेलाई कारबाही गर्ने प्रावधान के छ त्यो बुझेर कारबाहीस्वरुप जरिवाना लिने तयारीमा हामी छौं ।’
वडाकी सदस्य झरना पौडेलले समेत सरसफाई गर्दा खैनी र गुट्काका खोल जथाभावि फालिएको भेटिएको बताउइन् । उनले वडाले चाडै नै पसलेहरुसँग छलफल गरी खैनी तथा गुट्का विक्री वितरणमा रोक लगाउने विषयमा छलफल गरिने बताइन् ।

उनले भनिन्–‘सरफाइका क्रममा धेरै गुट्खाको खोल भेटिने गरिएको छ हामीले यसलाई रोक्न यहाँका पसलेहरुसँग छलफल राख्ने योजनामा छौ ।’
धरान १४ वडा समितिले साप्ताहिक रुपमा सरसफाई गरे पनि फोहोर फाल्ने स्थान नहुदा महिनौदिनसम्म फोहोर रहने गरको पाइएको छ । धरान १४ का स्थानीय पञ्कज घिमिरेले सामाजिक सञ्चालबाटै फोहोर व्यवस्थापनका लागि अनुरोध गरेका छन् । उनले सामाजिक सञ्चालमा भनेका छन्–‘धरान १४ को मण्डव चोकमा फोहोर महिला थुप्रियो १८ दिन भयो धरान उप माहानगरपालिकाको फोहर संकलन गर्ने सवारी साधन नआएको कारण केहो ? वडा सरकार, धरान नगर सरकार ।’

सरसफाई गरे पनि उचित व्यवस्थापनको कमी र सर्वसाधारणमा सचेतनाको कमीका कारण स्वच्छ र सफा विजयपुरको परिकल्पना परिकल्पनामै सीमित भएको देखिएको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जसरी छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved