स्थानीय

    Showing 4,171-4,180 of 5,056 items.
  • धरान ८ द्वारा लक्षित वर्गलाई सहयोग

    धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् । धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् । पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई

    • प्रकाशित मितिः माघ १, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सञ्चारकर्मी तथा उद्योगी सम्मानित

    धरान /  सुनसरी उद्योग वाणिज्य संघको ३९ औँ साधारण सभाको अवसर पारेर आर्थिक तथा पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार तथा औद्योगिक क्षेत्रमा योगदान पुर्‍याउने उद्योगीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।पुरस्कृत हुने पत्रकारहरुमा कोशीपत्र राष्ट्रिय दैनिककका कार्यकारी सम्पादक गोविन्द बस्नेत र विजयपुर एफएमका सम्पादक भैरव आङ्ला रहेका छन् । बस्नेतलाई आर्थिक क्षेत्रमा कलम चलाएवापत र आङलालाई पर्यटन क्षेत्रमा कलम चलाएवापत नगद १०/१० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । यसैगरी सुनसरीका पुराना उद्योगी व्यवसायी धरानका सुरेशकुमार शर्मा, धरान २ मा गोपाल किराना पसल सञ्चालन गर्दै आएका र

    • प्रकाशित मितिः माघ १, २०७९
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज माघे सङ्क्रान्ति तरुलको बिक्रीमा कमी आयो

    विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको

    • प्रकाशित मितिः माघ १, २०७९
    • 890 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वदेशमै रोजगारीको सिर्जना गरौँ

    वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त

    • प्रकाशित मितिः माघ १, २०७९
    • 909 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • धरान मोडलको खेल सप्ताह सकियो : ५० पिन्ट रगत सङ्कलन

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो । धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • 1,364 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टीको झोले’ शब्दप्रति पत्रकारको आपत्ति

    धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबालिकाप्रति जिम्मेवार बनौँ

    नागरिक अधिकारप्रति आजभोलि चेतना त बढेको छ तर अधिकार हनन्का घटना रोकिएका भने छैनन् । सबै लिङ्ग, वर्ग, उमेर र समुदायका नागरिकहरूले उचित हेरचाह, अवसर वा संरक्षण प्राप्त गरून् भन्ने उद्देश्यले थरीथरीका ऐन–कानुहरू बनाइए पनि नागरिकहरू सुरक्षित भने छैनन् । सबैले आ–आप्नै अधिकार संरक्षणमा मात्र चासो देखाउँदा आप्mना अधिकारको संरक्षणमा सक्रिय हुन नसक्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरू भने अधिकार र सुरक्षाबाट वञ्चित भएर जीवन बिताउन बाध्य बनेका छन् । बालअधिकारको संरक्षणका लागि संविधानमै पनि पर्याप्त् व्यस्था गरिएको छ । संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • ‘कर्मचारीतन्त्र प्रक्रियामुखी होइन कार्यमुखी बनाऔं’

    काठमाडौं /  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण नदिएको भन्दै अब काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने बताए । ‘हामी संघीयतामा गइसकेका छौं । तर प्रदेशहरुले काम गर्न सक्ने खालको वातावरण दिन सकेका छैनौं,’ संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नेता राईले भने, ‘मलाई ०७४ सालपछि निर्माण भएका प्रदेश सरकारका मुख्यमन्त्रीजीहरुले गरेको क्रन्दन

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 1,260 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिँदै नामकरणलाई प्राथमिकतामा राख्न सुझाव

    मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । कार्की झापाको निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी झापाको गौरादहको स्थायी बासिन्दा समेत रहेका छन् । कार्की मुख्यमन्त्री बनेपछि गौरादहबासीले उनलाई आफ्नै स्थानका व्यक्ति मुख्य मन्त्री बनेपछि उनीहरुको अपेक्षा धेरै रहेको पाइएको छ । उनीहरुले मुख्यमन्त्री  कार्कीलाई सुझाव समेत दिएका छन् । नेकपा एमाले सं

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्यक तिसौँ वर्षमा प्रवेश

    धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो । धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ । पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved