धरान / बेलैमा उपचार र खानपानमा ध्यान दिन सके पेट सम्बन्धी रोगको निदान गर्न सकिने डाक्टर सन्दिप राज व्रजचार्यले बताए । ग्याष्ट्रिक अधिकांस नेपालीलाई हुने पेटको रोग भएकाले नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकार हुने उनले सुझाएका छन् । रोगका कारण पत्ता लगायर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा.वज्रचार्यले सल्लाह दिएका छन् । सिद्धि नेवाः परिषद् धरान ७ ले शनिबार अयोजना गरेको शिविरमा ७२ जना विरामीको जाँच गरिएको थिए । विमारीहरुलाई म्यानस फर्माले आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो भने विर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर जाँच गर्नुका स
सुनसरी/ गएरातिको अविरल बर्षाको कारण आएको बाढीले कोशी प्रदेशको सडक र पुल बगाउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ। बर्खा सङै आएको बाढी पहिरोले ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथर लगायत जिल्लामा जनधनको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका थिए। मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युतसम्पर्क पनि टुटेको छ। अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ ।’ मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुप
धरान / दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए । तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यव
धरान / अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम
धरान / राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले पार्टीको प्रथम वार्षिक उत्सवका अवसरमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको दिवसको अवसरमा पार्टीले धरानको दन्तकाली,पिण्डेश्वर, र वुढासुव्वा मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । पार्टीको वार्षिक उत्सव देशभर मनाउने केन्द्रको निर्देशन अनुसार कार्यक्रमको आयोजना नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् । नगर संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार धरान ११ को कमिटी गठन,दुव्र्यसन विरुद्धको सतकता कार्यक्रम,छाता ऐन विरुद्ध सांकेतिक कार्यक्रम,वृक्षरोपण,१३ नं समिति उद्घाटन गठन, नगर कार्यालय उद्घाटन,दिप प्रज
धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग
धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो। पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए। 'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल
धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ छाता ऐन अन्तर्गत राखेको बिरोध जनाउदै धरानेहरु काठमाडौं जाने भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितीको नेतृत्वमा हजारौं धराने काठमान्डु पुगेर बिरोध जनाउने भएका हुन् । समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोको अध्यक्षतामा आज प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्तरक्रिया कार्यक्रममा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ अभियानले सम्बन्धित मन्त्रालय देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ । कार्यक्रममा नागरिक दबाव समूहका संयोजक डा। राजेन्द्र शर्माले ‘मार्च टु काठमान्
धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्न सञ्चालनमा आएको धरान खानेपानी बोर्डमा अहिले विवाद चुलिएको छ । लामोसमयदेखि वैठक नबसेको, आर्थिक पारदर्शिता नभएको विषयमा बोर्डका सदस्यहरुले अदालतमा मुद्धा चलाएपछि बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाड र बोर्डका सदस्यबीच विवाद चुलिएको हो । साम्पाङ विरुद्ध जेठ २५ गते सदस्यहरुले मुद्धा दायर गरेका थिए । सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजना सम्पन्न भइसकेपछि धरान खानेपानी संस्थान शाखा धरानलाई समाहित गरेर गठन गरिएको धरान खानेपानी बोर्डको वैठक नसकेको, बोर्डमा भएको गतिविधिका विषयम
धरान । राज्यले दिएको दलित समुदायको हक अधिकार स्थानीय तहमा कार्यन्वयनका लागि धरान उपमहानगरपालिकाको वडा नम्बर १६ मा १ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १६ को लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट कार्यक्रम गरिएको हो । श्री बिश्वकर्मा कल्याण सेवा समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम गरिएको छ । वडाका ४० जना दलित समुदायका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दलित समुदायको लागि राज्यले बनाएको नीति तथा कार्यक्रम, विभेद विरुद्धका कानुनहरुको बिषयमा सहजकर्ता बिनोद विश्वकर्माले सहजीकरण गरेका थिए । वडाले बनाउने दलित समुदायको बजेट बिनियोजन गर्