स्थानीय

    Showing 3,601-3,610 of 5,056 items.
  • विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन

    सुनसरी/  सुनसरीको कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन भएको छ । बुधबारबाट सञ्चालन भएको ३५ दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । गोताखोर तालिम कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा सञ्चालन भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोसी नदीको २५ फिट गहिराईसम्म गएर अभ्यास गरेका छन् । तालिममा सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनु

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा राष्ट्रिय योजना आयोगको चासो

    धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ । विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो । धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो । धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ । निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित मेयरको अडान पछि बढ्यो विवाद

    धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ । बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो । उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्म

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 773 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीले नगरबाटै दिन थाल्यो श्रम स्वीकृति

    इटहरी/ वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले पहिलोपटक स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूवात गरेका हुन् । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । उनले भने, ‘श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सु

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भीमज्वालाले पाए लोकप्रिय मत

    विराटनगर/  नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएकाहुन् राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयीहुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकीछिन् । तीन दश

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 2,130 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

    धरान/  कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा डेरीले गत वर्षको यही सिजनमा ४ हजार लिटर दुध संकलन गरेको थियो । अहिले ८ हजार लिटर प्रतिदिन संकलन भइरहेको छ । डेरीका सञ्चालकले दुध विक्री नभएर ठुलो समस्या आएको बर्ताका छन् । उत्पादन बढेपछि दुग्ध व्यवसायीले नयाँ बजारको रूपमा बंगलादेश निर्या

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर एरियामा कोकाहा कौशिकी मिनि गोल्ड कप हुने

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर एरियामा प्रथम संस्करणको कोकाहा कौशिकी मिनि गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय कोकाहा फुटबल क्लबको आयोजनामा असोज २१ गतेदेखि २८ गते सम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका फुटबल क्लबहरू सहभागी हुनेछन् । सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको थियो ।आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार खारखोला फुटबल क्लब वराहक्षेत्र, विराटनगर सिटी क्लब मोरङ, धरान–१६ फुटबल क्लब धरान, हाटखोला फुटबल क्लब वराहक्षेत्र, तालतलैया फुटबल क्लब इटहरी, रियल ढुड

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 800 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्यानमार्ने मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान/  धरानका एक व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने मुद्दामा पाँच वर्षदेखि फरार रहँदै आएका उनी पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–७ का ३६ वर्षीय पदम राई रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीको २०७९।१२।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ज्यान मार्ने मुद्दामा ५ वर्ष कैद तोकिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको सजाय

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश नामाकरणको विरुद्धको आन्दोलन सम्बोधन नभएको मा आपत्ती

    धरान/ किरात याक्थुङ चुम्लुङले प्रदेश नामाकरणको विषयमा भईरहेको आन्दोलनर्लाइ तत्काल सम्बोधन गर्न माग गरेको छ । कोशी नाम खारेजी संयुक्त सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङको काठमान्डुमा २८ औँ राष्ट्रिय चुम्लुङ साधारण सभाअघि बसेको केन्द्रीय समितिको बैठकले पुनः नामाङ्कन आन्दोलनको ७ महिना बितिसक्दा पनि राज्यले सुनवाइ नगरेकोमा आपत्ति जनाएको छ । चुम्लङुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलन भएको सात महिना भइसक्दा पनि राज्यले यसको सुनुवाइ गरेको छैन । आन्दोलनको सम्बोधन गर्नुको सट्टा विभिन्न दोषारोपण र सुरक्षा चुनौती महसुस भएको जस्ता प्

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिविसकसले क्विज मेनिया आयोजना गर्ने

    धरान/  हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved