धरानको कार्यपालिका बैठक स्थगित मेयरको अडान पछि बढ्यो विवाद

  • असोज १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ ।

बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो ।

उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए ।

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्मचारीलाई १ वर्ष सम्म जागिरमै राख्ने र १ वर्ष पछि गोल्डेन हेन्सेक गरेर बिदाई गर्न माग गरेका थिए ।

वडा नं २ का अध्यक्ष रमेश राईले निश्कासित ७ जना कर्मचारीलाई एक बर्ष सम्म पुनर्वहाली गरी गोल्डेन हेण्डसेक गरी विदा गर्दा उपयुक्त हुने प्रस्ताव राखेका थिए ।

अध्यक्ष राईले यो पहिलो घटना भएको अब आउँदो घटना नदोहोरिने गरी नियम बनाएर दुई कर्मचारी विपन्न भएकोले एक पटक पूनर्विचार गर्न सुझाएका थिए ।
यसै बीच धरान १७ नं. वडाका अध्यक्ष मनोज भट्टराईले निश्कासन एका कर्मचारीको विवरण मागे पछि विवाद झन बढेको थियो ।

भट्टराईले प्रमुख प्रशासकीय अधिकृत सँग कुन आधारमा निकालियो भन्दै प्रतिप्रश्न गर्दा मेयर राईले उनलाई बोल्न रोकेका थिए ।

त्यस पछि बोल्न नपाउने भन्दै विवादले उग्ररुप लिएको थियो । मेयरले भट्टराईलाई तँपाईको हैसियत के हो तँपाई कुन हैसियतले वैठकमा आएको भन्दै मनिस विष्टलाई कार्यवाहक अध्यक्ष बनाएर भट्टराईले छोडेको पत्र देखाँउदै प्रश्न गरेका थिए ।

त्यसपछि भट्टराईले म जनताको काममा गएको बताउँदै थिए । विवाद बढ्दै गए पछि उममेयर बेघाले पनि केहि शान्त बनाउन प्रयास गरेका थिए ।

निरंकुश शैलीको विरोध गर्दै विवाद बढे पछि मेयर राई आफैले बैठक स्थगित भएको घोषणा गरेका थिए ।
विवाद टुंगोमा नपुग्दै वडा नं १० का अध्यक्ष विवेक राईले शनिबार नगरको गाडी श्रमदाता बोक्न दुरुपयोग भइरहेको र भ्रष्टचार गरेको आरोप लगाए भने कर्मचारी को को नियुक्त गरे भन्ने विवरण आफुहरुले नपाएको बताए ।

उनले आफ्नो वडामा समन्वय नगरि कर्मचारी सरुवा गरेको भन्दै नगरले पठाएको कर्मचारी हाजिर गर्न नदिने बताए ।

उनको प्रश्नको जवाफ दिदै मेयर राईले राम्रो काम गर्दा पनि आफ्नो विरोध मात्र भइरहेको भन्दै आक्रोश पोखे ।

श्रमदाता बोक्न शनिबार पनि नगरको गाडी चलाउने अडान राख्दै उनले रोकेर देखाउन चुनौती पनि दिए ।

श्रमदानमा एक दिन पनि नआउने तर विरोध मात्र गरेको भन्दै मेयर साम्पाङले अख्तियारमा उजुरी दिन चुनौती दिदै बैठक स्थगित गरेका थिए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved