कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

  • असोज १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् ।

पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् ।

कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा डेरीले गत वर्षको यही सिजनमा ४ हजार लिटर दुध संकलन गरेको थियो ।

अहिले ८ हजार लिटर प्रतिदिन संकलन भइरहेको छ । डेरीका सञ्चालकले दुध विक्री नभएर ठुलो समस्या आएको बर्ताका छन् ।

उत्पादन बढेपछि दुग्ध व्यवसायीले नयाँ बजारको रूपमा बंगलादेश निर्यातको सम्भावना खोजी गर्न थालेका छन् ।

डेरी उद्योगीको टोली अहिले नयाँ बजार खोजी गर्दै बंगलादेश पुगेको छ ।

ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एसोसिएसन समेतको प्रतिनिधिमण्डल बंगलादेशमा दुध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको हो ।

दुधको उत्पादन बडेसँगै कोशी प्रदेशमा दुधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् ।

 

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved