वराहक्षेत्र मन्दिर एरियामा कोकाहा कौशिकी मिनि गोल्ड कप हुने

  • असोज १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर एरियामा प्रथम संस्करणको कोकाहा कौशिकी मिनि गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय कोकाहा फुटबल क्लबको आयोजनामा असोज २१ गतेदेखि २८ गते सम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका फुटबल क्लबहरू सहभागी हुनेछन् ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको थियो ।
आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार खारखोला फुटबल क्लब वराहक्षेत्र, विराटनगर सिटी क्लब मोरङ, धरान–१६ फुटबल क्लब धरान, हाटखोला फुटबल क्लब वराहक्षेत्र, तालतलैया फुटबल क्लब इटहरी, रियल ढुड्रीबोटे फुटबल क्लब उदयपुर, वगुवा फुटबल क्लब वराहक्षेत्र र आयोजक कोकाहा फुटबल क्लब मन्दिर एरियाले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

कुल ३ लाख ८० हजार लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार २६ हजार रहने छ । दैनिक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिता भर विद्यागत उत्कृष्ट खेलाडीहरूलाई नगद र ट्रफी प्रदान गर्ने आयोजक क्लबका सचिव रबिन परियारले बताए ।

“इतिहास रच्नलाई मैदान जहाँ भए पनि फरक पर्दैन“ भन्ने नारा सहित खेलाडीलाई प्रोत्साहन, खेल कौशल प्रस्तुतिसँगै वराहक्षेत्र धामको प्रचार प्रसार र कोकाह कौशिकी तीर्थको प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको स्थानिय वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।

सेभेन साईजमा हुने प्रतियोगिता स्थानीय कोकाह खोलाको किनारमा रहेको खेलमैदानमा आयोजना हुने ।

प्रतियोगिताको मुख्य प्रायोजक वराहक्षेत्र नगरपालिकाको कार्यालय, वडा नं १ को कार्यालय, वराहक्षेत्र संरक्षण मञ्च रहेको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved