बेलबारी/ पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु. २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जा
धरान/ धरान–१२ को सुनाखरी एकेडेमीले व्यवस्थापन सङ्काय तर्फ कक्षा ११ मा अध्ययनरत् आफ्ना विद्यार्थीहरूलाई औद्योगिक क्षेत्रको भ्रमण गराएको छ । उनीहरूलाई सुनसरी–मोरङ औद्योगिक करिडरमा अवस्थित एसियन थाई फुड्स प्रालिको उद्योगमा लगिएको शिक्षक आनन सुब्बाले जनाए । समन्वय र सहजीकरण गर्न विद्यार्थीहरूसँग शिक्षक सुब्बासहित सुनाखरीका निर्देशक प्रदीप राई, कक्षा ११–१२ का कोअर्डिनेटर टपकुमार राई र अर्का शिक्षक नवीन राई पनि गएका थिए । दुहबी नगरपालिका–८ मा रहेको एसियन थाई फुड प्रालिको अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न खाद्यवस्तुको उत्पादन कसरी हुन्छ भन्नेबारे जान
सुनसरी/ धरान–१६ स्थित यूएन नवोदय कलेजले नवागन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । धरान-१५ मा रहेको याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रममा कलेजले कक्षा-११, बि.बि.एस. पहिलो बर्ष र बि.एच.एम.पहिलो सेमेस्टरमा अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरेको हो। कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक बिजय आछामी, पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बु, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खान लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए । कलेजका प्रिन्सिपल तुम्बापोेका अनुसार करिब ९ सय
धरान/ कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा ११ ओं फुड फेस्टिबलको आयोजना गर्ने भएको छ । २०६८ सालदेखि नियमित आयोजना गर्दै आइरहेको फेस्टिबलको ११ औं संस्करण अंग्रेजी नयाँ बर्षको अवसर पारेर आगामी पुष १५ देखि १७ गतेसम्म आयोजन गर्ने आयोजक होटल एसोसिएसनले जनाएको हो । १२ औं संस्करणको फुडफेस्टिबल आयोजना हुनुपर्ने भएपनि कोरोना संक्रमणका कारण एक बर्ष आयोजना गर्न सकिएको थिएन । आरालो लागेको पर्यटन क्षेत्रलाई माथि उकास्न फुडफेस्टिबलले सहयोग पु¥याएको आयोजकको भनाई छ । ११ औ संस्करणसम्म आइपुग्दा धेरै परिवर्तन भएको र आन्तरिकमात्र हैन वाह्य पर्यटक समेत महोत्सवमा आउन थालेको आयोजक संस्था होटल एस
धरान/ नेपाल स्काउट, कोशी प्रदेश स्काउटको आयोजनामा २०८० पौष १-३ गते सम्पन्न युवा मञ्चबाट स्काउटर किरण बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय युवा परिषद् निर्विरोध निर्वाचित भएको छ । प्रदेशभरिका ५३ युवाहरुको भेलाले सदस्यमा नवीना मङ्ग्राती, विदीशा भट्टराई, निश्चल श्रेष्ठ, तनिष्क थापा, मिलन पुरी, अभिशेक सार्की, रञ्जना राई, जानुका अधिकारी, ईन्दिरा खतिवडा र प्रिती साह सर्वसम्मत रुपमा सदस्य पदमा निर्वाचित गरेको हो । साथै प्रादेशिक युवा मञ्चले राष्ट्रिय युवा मञ्चका लागि रञ्जना राई, आयुशा राजवंशी, मनिष खत्री, विपुल लोहार, गौरव खतिवडा, सौगात बस्नेत, प्रह्लाद राजवंशी, अपेक्षा श्रेष्ठ, लक्ष्मी थापा, वन्दना
धरान/ वेवारिसे ‘सामुदायिक कुकुर’ दुर्घटनामा पर्न थाले पछि कुकुरलाई राती टल्कने नियोन बेल्ट लगाउन धरानमा सुरु गरेको छ । धरान मानव कल्याण सेवा समाजले ‘मानव सेवा मात्र नभई सडक दुर्घट्नाबाट आफु पनि बचौ र कुकुरलाई पनि बचाउँ’ भन्ने उदेÞश्यले सामुदायिक कुकुरलाइ रिफ्लेक्सन लाइट सहितको निओन बेल्ट लगाइएको धरान मानव कल्याण सेवाका अध्यक्ष अरमान अलिले बताए । उनले भने, ‘धरान बजारमा रहेका सामुदायिक कुकुरको संख्या अधिक छ । दुर्घटना बाट कुकुरहरु धेरै घाईते छन् । यसलाई न्युनिकरण गर्नका लागी र सडकमा रहेका कुकुरको सुरक्षित होस भनेर हामीले यो कार्यक्रम गर्ने सोच राख
धरान/ तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ । आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ । प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए । क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, म
इटहरी/ इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो । कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे । उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ । कार
विराटनगर/ गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’ मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भए
विराटनगर/ विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो