डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt - बिकास चाम्लिङ राई

धरान/ धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ ।

फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ ।

म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हो ।

यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो

शुक्रवार विविएस र म्यानेजमेन्ट टिम विच बास्केटवल खेलको फाइनल खेल सम्पन्न हुदै खेलकुद उत्सवको समापन भएको थियो । फाइनल खेलमा विविएस ३७–१८ अंकको अन्तरले विजयी भएको थियो ।

खेलकुद उत्सवमा एथ्लेटिक खेल तर्फ महिला पुरुष १०० मि. २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मिटर रेस, हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सर्ट पुट प्रतिश्पर्धा भएको थियो । यसै गरि अन्य खेलहरुमा फुटवल, बास्केटवल, भलिवल, सेपाकटेक्रो, व्याडमिन्टन र चेस खेल सम्पन्न भएको थियो ।

खेलकुद उत्सवका विजेता तथा उपविजेता सम्पुर्ण खेलाडिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।

उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राई, प्रमूख अतिथि व्यवस्थापन समिति अध्यक्ष हर्क राई, सदस्य सुर्यपन्धाक लिम्वु, सहायक क्याम्पस चिफ डा. एनएल राजवंशि, साइन्स फेकल्टि संयोजक विरान लिम्वु, शिक्षक ताजुव लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनका लागि हरेक वर्ष डिपोले प्लेगु्रप देखि विविएस कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रतिश्पर्धात्मक खेलकुद उत्सव गराउदै आइरहेको क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए ।

प्ले ग्रुप देखि कक्षा १० सम्मका वार्षिक खेलकुद उत्सव केहि दिन अघि सकिएको राईले वताए ।

यसैगरि भर्खरै संपन्न एकहप्ते उत्सवमा ११, १२ कक्षा म्यानेजमेन्ट, ११, १२ कक्षा साइन्स र पहिलो, दास्रो, तेस्रो र चौथो वर्षका विविएस विद्यार्थीहरुले सहभागिता जनाएको कलेजले जनाए । खेलकुद उत्सवको सम्पुर्ण खेल कलेजको आफ्नै खेल मैदानमा सम्पन्न भएको थियो । 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved