धरान/ समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले गत साउन २२ गते जारी लकडाउनलाई पुन निरन्तरता दिएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपलिकाको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले लकडाउनलाई भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । यसअघि बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो भने अब २ घण्टा समय थप गरि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय आज बसेको बैठकले गरेको छ ।
धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको
धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भि
इटहरी । जताततै कोरोनाको सन्त्रास बढिरहेका बेला इटहरीमा मंगलबार बिहान थप सात जनामा संक्रमण पुष्टी भएको छ । इटहरी उपमहानगर वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ८७ पुगेको छ भने निको भएर घर फर्किएकाहरूको संख्या २६ पुगेको छ । पछिल्लो एक महिना यता कोरोना भाइरसको संक्रमणबाट इटहरी २० तरहरा पनि उच्च जोखिममा परेको देखिएको छ । मंगलबार बिहान एक महिलालाइ संक्
धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब
धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको मृत्यु भएको छ । धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको आईतबार बेलुका ६/३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो । शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ । वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।
विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमाबार साँझको रिर्पोट अनुसार विराटनगरमा थप २३ जनामा संक्रमण देखिएको छ । पछिल्लो परीक्षणमा स्थानीय दैनिकका पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । पत्रकारले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधान रहन र परीक्षण गर्न आग्रह गरेका छ्न ।संक्रमण भएका पत्रकार आईसोलेसनमा छन् ।
पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुईधारी तरबारका धार टेकी हिंड्ने यात्री हुन्, चिप्लिए सकिए । २०५२ सालबाट माओवादीले देशमा सशत्र विद्रोहको थालनी गर्यो। मुलुकमा जनताले दुई बन्दुकहरुको नोखमा दैनिकी चलाउनुपर्ने भयो । एकातिर राज्यका प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण गरिरहेका थिए । यतातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सीमिति थिए । राज्य र विद्रोही दुवैको नज