नेपाल स्काउट कोशी प्रदेश आयुक्तमा भण्डारी नियुक्त

  • फागुन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् ।

नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन् ।

प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ।

२०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए।

भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिएका छन 

भण्डारी कोशी प्रदेशका स्काउट सदस्यता वृद्धि संयोजकको भुमिकासमेत निभाइसकेका छन् । प्रदेश आयुक्तका रुपमा उनको कार्यकाल चार वर्षको हुनेछ ।

नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने बताए ।

नवनियुक्त प्रदेश आयुक्तले ११ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्नेछन् ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved