धरान १०के रनको उपाधि पुरुषतर्फ केन्याका जुलियस र महिला तर्फ सशस्त्रीकी सन्तोषी श्रेष्ठलाई

  • फागुन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ १२ औ सस्करणको धरान १०–के रन प्रतियोगितामा पुरुषतर्फ केन्याका जुलियस मुरिउकी र महिलातर्फ बिभागीय टिम सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन ।

निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट ५० सेकेन्डमा पुरा गर्दै प्रथम बनेका मुरिउकीले नगद ६० हजार रुपैयासहित मेडल, प्रमाणपत्र हात पारे !

प्रतियोगितामा दोस्रो बनेका प्रशान्त तमाङले ३४ मिनेटमा र तेस्रो बनेका पवन राईले ३४ मिनेट ११ सेकेन्डमा पुरा गरेका थिए । उनिहरुले क्रमस नगद ४० हजार र ३० हजारसहित मेडल, प्रमाण पत्र प्राप्त गरे !

महिलातर्फ ३८ मिनेट ८ सेकेन्डमा दौड पुरा गर्दै प्रथम बनेकी श्रेष्ठले नगद ६० हजारसहित मेडल, प्रमाणपत्र हात पारिन् ।

उनी दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता र पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेता समेत् हुन ।

प्रतियोगितामा दोस्रो बनेकी छेन्बीमाया राईले ४४ मिनेट २ सेकेन्ड र तेस्रो बनेकी ईन्द्रकला नेम्बाङले ४५ मिनेट २८ सेकेन्ड मा पुरा गर्दै क्रमस नगद ४० र ३० हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरिन !

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । ४० वर्षमाथिका भेट्रान समूहमा दौडने महिला पुरुष दुवैले जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरानका मेयर हर्क साम्पाङ, धरान रन समुहका अध्यक्ष रमु राईले गद तथा मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ! टाइमिङ चिप सिस्टममा करिब ४ हजार धावक–धाबिकाहरु सहभागि रहेका थिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved