आर्थिक चलायमान गराउने धरान एक्स्पोबाट अपेक्षा

  • फाल्गुन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोरोनाले धरायसी बनेको धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्न अघिल्लो वर्ष देखि सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको धरान एक्स्पोले आर्थिक कारोबारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

आज (शुक्रबार) देखि २३ गते सम्म धरान १६ स्थित कोशी प्रदेश स्तरिय रंगशालामा तल्लो स्थानमा आयोजना हुने एक्स्पोले धरानमा व्यापार र व्यवसायलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई चलायनमा गराउने अपेक्षा लिएको संघका अध्यक्ष तथा एक्स्पोका संरक्षक विजय श्रेष्ठले बताएका छन् ।

एक्स्पोमा धरान लगायत अन्य पालिकाहरु सहित विदेशी उद्योगीहरु पनि उपस्थित हुने भएकाले आर्थिक कारोबार बढ्ने उनले बताए ।

विहिबार एक्स्पोको अन्तिम तयारीको विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले करिब १५ देखी १६ करोड रुपैया सम्मको कारोबार हुने उनले बताए । उनका अनुसार करिब ५ लाख मानिसहरुले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको छ ।

धरानको बजार विस्तार गर्न मुख्य बजार क्षेत्र देखि अन्य स्थानमा एक्स्पोको आयोजना गरिएकोले धरान १६ क्षेत्रको पनि व्यापार विस्तार हुने उनले बताए ।

एक्स्पोमा मुख्य आकर्षणको रुपमा जिपलाईन, बालउद्यान, अन्य मनोरञ्जनका संरचनाहरु रहेको उनले बताए । त्यसै गरि राष्ट्रिय कलाकारहरुबाट दैनिक सांस्कृतिक कार्यक्रमहरु संचालन हुने उनले बताए ।

उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने र धरानका सानाठूला उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु हुने एक्स्पोमा आगन्तुकलाई एडभेन्चर र मनोरञ्जन प्रदान गर्न जिपलाइन समेत राखिएको अध्यक्ष श्रेष्ठले बताए । एक्स्पोमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्न निशुल्क स्टलहरु उपलब्ध गराएको छ ।

त्यसै गरि स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धन गर्न पनि निशुल्क स्टलहरु राखिएको श्रेष्ठले बताए । एक्स्पोमा नयाँ प्रविधिको डोम भित्र पनि स्टल राखिएको छ ।

करिब १ सय ५० वटा स्टलहरु रहने अध्यक्ष श्रेष्ठले बताए ।

बंगलादेशबाट रेडिमेट सामग्री र पाकिस्तानबाट छालाका सामग्री लगायत कोशी प्रदेश भरिका उत्पादन र व्यवसायीले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि स्टल राख्ने छन् । धरान एक्सपोमा धरान र आसपासका रैथाने उत्पादनको प्रचार र प्रवद्र्धन गरी धरानमा उत्पादन हुने वस्तुहरुलाई धरानको कोसेलीका रुपमा बिक्री गरिने छ ।

एक्सपो अवलोकन गर्न आउनेलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

एक्स्पोको टिकट दर १ सय रुपैयाँ रहने र राष्ट्रिय कलाकार आउँँदा २ सय रुपैयाँ राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रमको उदघाटन दिउसो १ ः३० बजे संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले गर्ने आयोजकले जनाएको छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved