बुढासुब्बा गोल्डकप २४ औँ संस्करण फागुन २६ देखि हुने

  • फाल्गुन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औँ संस्करण फागुन २६ गतेदेखि हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब सहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगितामा थ्री स्टार क्लब, न्यूरोड टिम एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसिको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछन् ।

सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष तामाङले जानकारी दिए । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कूल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजकले जनाएको छ ।

आर्थिक मन्दीका कारण यस पटक मुनाफा रहित गोल्डकप हुने क्लबका निबर्तमान अध्यक्ष किशोर राईले बताए । आर्थिक मन्दी र मदिराजन्य उत्पादनले प्रायोजन गर्न नपाउने सरकारको नीतिले प्रतियोगिता आयोजनामा ठुलो असर पुगेको भन्दै यो नीति पुनर्विचार गर्नुपर्ने क्लबको माग रहेको छ ।

प्रतियोगितालाई मितव्ययी बनाउँदै आर्थिक पारदर्शिता कायम गर्न प्रतियोगिता सकिएको एक महिनामै आयव्यय सार्वजनिक गर्ने पनि क्लबले प्रतिबद्धता जनाएको छ ।

यस पटक मुनाफा रहित गोल्डकप हुनेभएकाले सरकारी तथा स्थानीय निकाय, सार्वजनिक व्यक्तित्व,

संघसंस्था, राजनैतिक दल लगायतलाई सम्मान स्वरूप उपलब्ध गराउनुपर्ने पास र आर्थिक सहयोग गर्ने दाताबाहेक अन्यलाई पास उपलब्ध नगराउने प्रस्ट पार्दै क्लबले टिकट काटेर प्रतियोगितालाई सहयोग गर्न आग्रह पनि गरेको छ । यसैबिच गत वर्ष सम्पन्न २३ औँ संस्करणमा १२ लाख ७४ हजार खुद नाफा भएको क्लबले जनाएको छ ।

७७ लाख २० हजार ३ सय २८ रुपैयाँ आम्दानी भएको र ६४ लाख ४६ हजार खर्च हुँदा १२ लाख ७४ हजार ३ सय २८ रुपैयाँ नाफा भएको क्लबका महासचिव नवीन राईले जानकारी दिए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved