नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

  • फागुन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् ।

मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए ।

उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए ।

मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए ।

मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अनुरुप सबै पक्ष छलफलमा जुटेको र यसलाई निष्कर्षमा पु¥याउने सरकारको जोड रहेको बताए ।

नेपाली काँग्रेसको महासमिति बैठकमा काँग्रेसका अधिकांश कार्यकर्ताले गठबन्धनबाट अलग्गिने प्रस्ताव अगाडि बढाइरहेका बेला मन्त्री किराँतले भने गठबन्धनलाई अझ बलियो बनाउने र जनताप्रति उत्तरदायित्व वहनमा गम्भीर बन्ने बताए ।

उनले राष्ट्रिय परिस्थितिलाई आत्मसात गरेर संघीय लोकतान्त्रिकको पक्षमा लड्ने् सबै शक्तिहरु एकै ठाउँमा उभिएर देशमा केही सन्देश दिँदै जनतालाई आशा जगाउनको लागि राष्ट्रिय सहमतिको सरकार बन्न सके जनताको लागि लाभदायक हुने तर्क राखे ।

मन्त्री किराँतीले सुनसरी उद्योग वाणिज्य सघको आयोजनामा धरान १६ रंगशालामा आजबाट शुरु भएको ‘धरान एक्स्पो २०८० ’ को समेत समुद्घाट गरे ।

उद्घाटन पश्चात बोल्दै उनले देशको आर्थिक सृदृढिकरणमा नीजि क्षेत्रले पु¥याएको योगदान अतुलनीय रहेको बताएका थिए ।

शुक्रबारबाट शुरु भई फागुन २३ गते सम्पन्न हुने सो एक्स्पोको उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ,

उपमेयर अइन्द्रविक्रम बेघा, व्यापारिक प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले स्थानीय स्तरमा रहेका उत्पादन,

कृषि सामाग्रीको प्रवद्र्धनसँगै नेपाल लगायत विभिन्न देशका उत्पादन जानकारी दिन पनि एक्सोको आयोजना गरिएको बताए ।

सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको उनको भनाई थियो ।

एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहेका छन् । 

 

 

 

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

तस्कर र सशस्त्र प्रह ...

जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ...

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved