धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइरहेकी मोरङकी एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारी ४ की ४० वर्षिय महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोभिड अस्पतालमा पनि आइतबार नै भर्ना भएकी थिईन् । उनको शव व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको वेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठिन नागरिक दबाब सञ्जाले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने भएको छ । विगतमा समेत प्रतिष्ठानको वेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरुले प्रतिष्ठानभित्र हुने गरेका वेथिति, भ्रष्टाचार लगायतका कुराहरु नियन्त्रण गर्ने भन्दै शुर भएका आन्दोलनहरु बीचैमा तुहिने गरेको भएपनि यो समितिले भने प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ । दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र ह
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले भनेका थिए, ‘वीपीमा जब सम्म राजनितिक हस्तक्षेप र राजनिति बन्द हुँदैन, वीपी सुधार्न भगवाननै आउनु पर्छ ।’ उनले आफ्नो कार्यकाल बिताउँदै गर्दा थुप्रै राजनितिक अवरोधले पुर्याएको व्यवधानहरु व्यहोरेका थिए । तर उनी धरानकै भएर पनि हुनुपर्छ, त्यती धेरै विवादमा आएनन् । उनैलाई शिक्षाध्यक्ष बनाउन सिफारिस गर्ने तत्कालिन उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, त्यस पछि बनेका अर्का शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, दास पछिका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अहिले आएका डा. ज्ञानेन्द गिरी
धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे
धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस
धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो । शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ
धरान। जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र
इटहरी । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको अन्तिम संस्कार गर्न इटहरीस्थित बुढि गंगा मुक्तिघाटमा स्थानीयले शव जलाउन नदिए पछि बिवाद चर्किएको छ । मुक्तिघाट संरक्षण समितिको आदेश भन्दै स्थानीयहरूले विगत एक साता देखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउन दिइएका छैनन् । शव ब्यवस्थापनकै निमित्त निर्माण गरिएको घाटमा अन्तिम संस्कार गर्न नदिएपछि मृतकका आफन्तहरूले प्रहरी गुहार्नु परेको छ । केहि दिन अघि सप्तकोशि एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको संक्रमणकै कारण ज्यान गएको थियो । उनको शवलाई पनि घाटका संरक्षण समिति
बराहक्षेत्र । एक वर्ष अघि बनाएको कल्भर्ट बराहक्षेत्र नगरपालिका आफैले भत्काएको छ । कल्भर्ट बनाउन खर्चेको १५ लाख रुपैया पानीमै बगाएको छ । कल्भर्ट बने पछि वर्षाको समयमा खोलाले स्थानीयको खेतबारी नै बगाउन थाले पछि नगरपालिकाले नै कल्भर्ट भत्काउन लगाएको छ । नगरपालिकाका इन्जिनियरले बिना डिजाइन र त्यसको प्रभावको अध्ययन नगरि कल्भर्ट बनाउँन पुनः भत्काउनु परेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट वडा नम्बर २ र ७ जोड्ने गहने खोलामा कल्भर्ट बनाएको थियो । गत विहिबार देखि स्काभेटर लगाएर कल्भर्ट सहित २ सय मिटर ट्रयाक भत्काउन थालेको छ । नगरपालिकाबाट बिनियोजित १५ लाख रुपैयाको बजेटमा उपभोक्त