जग्गा मन्दिरकै हो,जग्गा दलालहरूले फसाए : लालबहादुर "मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग"

  • जेठ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको नरसिंह भगवानको मन्दिरमा रहेको जग्गा मन्दिरकै नाममा कायम गर्नको लागि माग गरेको छ ।

विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणी नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले प्रेस विज्ञप्ति मार्फत मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग गरेका हुन् ।

आग्रहलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरुद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने स्मरण कुरा विज्ञप्तीमा उल्लेख छ ।

समितिले विज्ञप्ती जार सनातन धर्म, सनातनका आस्थाका धरोहर, सम्पदा र सम्पत्तिमा बारम्बार आक्रमण र अतिक्रमण भइरहेको उल्लेख गर्दै ऐतिहासिक मन्दिर मास्ने क्रियाकलाप भइरहेको बेला मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने षडयन्त्रको घोर भत्र्सना सेमत गरेको छ ।

मन्दिर, पाटी, पौवा, धर्मशाला र जग्गा जमिन कब्जा गरिने र व्यक्तिगत सम्पत्तिका रूपमा परिणत गर्ने कार्य नेपाल भरि भइरहेको छ ।

यी सबै गलत कार्यहरू विरुद्ध सशक्त ढङ्गमा उभिएर धर्मको रक्षा, सम्पदाको रक्षा, संस्कारको रक्षा, संस्कृतिको रक्षा र सम्पत्तिको रक्षा गर्नु हाम्रो दायित्व र कर्तव्य बनेको छ भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ,“धरान–१४ दुई धारे अगाडी रहेको प्राचीन नरसिंह मन्दिरको दैनिक पूजा आराधनाका लागी दाताहरूबाट दानका रूपमा हुने गरी गुठिका रूपमा राखिएको पानवारीको ७ कट्ठा ११ धुर जग्गामा नक्कली जग्गाधनी खडागरी व्यक्तिको नाममा दर्ता गर्ने षडयन्त्रको विषयले हामी सबै स्तब्ध भएका छौँ।”

अनधिकृत कार्य र षडयन्त्र रोक्न मालपोत कार्यालय र धरान ६ वडा कार्यालयलाई सचेत गराउँदै तुरुन्त बन्द गरी मन्दिरको जग्गा मन्दिरका नाममा ल्याउने वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

यसैवीच उक्तm मन्दिरको जग्गा दाबी गर्ने लालबहादुर मगरले आफूलाई जबरजस्ती जग्गा दलालहरूले नक्कली जग्गाधनी बनाएको खुलासा गरेका छन् ।मगर धरान–४ हर्दियाका हुन् ।सन्चारकर्मीसँग ‘जग्गा नरसिंह मन्दिरकै हो, जग्गा दलालहरूले जबरजस्ती मलाई जग्गा धनीको रूपमा खडा गरेका हुन् ।

’जग्गा दलालहरूको डिजाइनमा आफूलाई फकाएर मन्दिरको जग्गा आफ्नो नाममा ल्याउन सबै नक्कली काम गरेको उनले खुलासा गरेका हुन ।

उनी भन्छन्,‘मेरो दाजु यम बहादुरले २०१२ साल देखि जग्गा जोतभोग गरी कमाएको हुन, दाजुले जोतभोग गर्न नसकेपछि मलाई जग्गा कमाउन दिएका हुन, दाजु यम बहादुरले जग्गा कमाउ अनि १ मुरी धान चैँ मन्दिर (गुठी)लाई दिनु भनेपछि मैले २०२० देखि २०३५ साल सम्म जग्गा कमाएको हुँ ।

’त्यसपछि फुपाजु लालबहादुर मगरलाई कमाउन दिएको उनले बताए ।

आफूले जग्गा कमाउँदा नरसिंह मन्दिरको पुजारी वीर दासलाई वार्षिक रूपमा १ मुरी धान बुझाउँदै आएको उनले खुलाए । उनले भने ‘ फुपाजुलाई पनि मन्दिर कै पुजारीलाई कुत बुझाउनु भनेर दिएको हुँ ।’

उनका अनुसार २०२७ सालमा नापीमा जग्गा आफ्नो नाममा आएको थियो ।

उनले आफ्नो नाममा जग्गा छ भनी इटहरीको दलालबाट थाहा पाएको खुलासा गरे । दलाल दैनिक इटहरी देखि हर्दिया गरेको बताउँदै उनले भने ‘मलाई ललाई फकाई गरेर धरान–४ हर्दियामै आएर तेरो नाममा जग्गा आउँछ सर्जिमिन गर्नु पर्छ भनेर २ जना आउने गर्थे ।

’नाम चैँ थाहा नभएको बताउँदै उनले ती जग्गा दलाल राई थरीको मोटे मोटे मान्छे भएको हुलिया समेत खुलाए ।

उनले भने ‘दलालले नै सर्जिमन गर्नु पर्छ भन्दै वडा ४ मै सर्जिमन गराएको थियो ।’

त्यो सर्जिमन काम नलाग्ने भएपछि दलालहरूले नै फेरी घरमै आएर वडा ६ मा लगेर समेत सर्जिमन गराएको उनले बताए ।

लालबहादुरले भने ‘जोताहा फर्म पनि भरेका थिए २०४५ सालको भूकम्पमा गाह्रो घर भत्केपछि जोताहा फारम कता हरायो कता ?’लाल बहादुरले ७ देखि ८ कट्ठा जग्गा रहेको आफूले कमाउँदा ८ कट्ठे ८ कट्ठा भनेको बताए । उनले भने ‘बाहुनले मन्दिरलाई दिएको भन्थे, जग्गा मन्दिर कै हो, मन्दिरलाई नै कमाएको कुत बुझाएको हो ।’

उनले स्पष्ट रूपमा भने ‘नापीको स्रेस्तामा झुक्किएर मेरो नाममा पर्न गएको हो ।’

जग्गा आफ्नै नाममा भए पनि आफूले खोजविन नगरेको बताउँदै लालबहादुर भने ‘मैले मतलब नै गरेको थिइन ।’ दलालहरूले नै खोज्दै आफू भएको ठाउँ हर्दिया सम्म आएको उनले बताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved