धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उपाध्यक्ष पदको लागि सिंगो धरानको प्रतिनिधित्व गर्दै साझा उम्मेद्धवार उठाउने भएको छ ।
भुगोल र क्षेत्रगत हिसावले धरानले उक्तm पदमा उम्मेवारी पाउनु पर्ने भन्दै नेकपा एमाले धरानले साझा उम्मेद्धवार मीन कुमार शुव्वालाई अघि सार्ने भएको हो ।
धरानका एक एमाले नेताले भने,“धरानले उपाध्यक्ष पदको लागि मीन कुमार सुव्वालाई साझा उम्मेद्धवारको रुपमा अघि सार्ने संभावना छ,सिंगो धरानलाई प्रतिनिधित्व गर्दै सार्दैछौ र धरानको प्रतिनिधित्व नेतृत्व तहमा हुने छ।”
शुव्वा नेकपा एमाले सुनसरी सचिवालय सदस्य हुन। उनले सुनसरी १ निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजक पनि हुन् ।
उनले प्रतिनिधी सभा र संघको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मुल निर्वाचन परिचालन कमिटीको संयोजक समेत भएर सफल जिम्मेवार निर्वाह गरेका छन् ।
तत्कालिन धरान नगरपालिकाको उप प्रमुख भएर जिम्मेवारी सम्हालेका छन् ।
त्यसैगरि नेकपा एमाले सचिवालय सदस्य पदम इस्वोले पनि सचिव पदको लागि आकाँक्षा राखेका छन् ।
उनी कानुन व्यवसायी समेत हुन् । एमालेको राजनीतिमा विगत लामो समयदेखि युवा संघको दुई कार्यकाल अध्यक्ष भई पार्टीको नगर र जिल्ला कमिटीमा रहेर पार्टीमा सक्रिय छन् ।
यसैगरि धरानबाट उप सचिबका लागि राजमणि निरौलाले पनि इच्छा देखाएका छन् ।
निरौला धरान नगरकमिटीमा सचिव हुँदै हाल जिल्ला कमिटी सदस्य छन् ।
जेष्ठ ५, ६ र ७ गते इटहरीमा हुने भएसँगै अधिवेशनमा नेतृत्वका लागि आकाँक्षीहरु नेताहरुको दौडधुप पनि बढेको छ ।
भोली एमाले पार्टी उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।