इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पाख्रेलले पार्टीको मिसन–८४ एमालेसँग देशको भविष्य बनाउने मार्गचित्र रहेको बताएका छन् ।
नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटनसत्र पछिको प्रमुख अतिथीको मन्तव्य राख्दै एमालेले मिसन ८४ बाट प्राप्त जनादेशद्धारा देशको भविष्य बनाउने मार्ग स्वयम जनताले नै अधिकार सुम्पिने बताए ।
उनले भने,‘नेकपा एमालेसँग ठोस कार्यक्रम देशको भविष्य वनाउने मार्ग चित्र स्पष्ट छ र देशव्यापी रुपमा भइरहेको जिल्ला अधिवेशन मिसन ८४ सँग गाँसिएर पार्टी एकता बलियो हुदै गएको छ ।
नेता पोख्रेलले देशको भविष्य वनाउने मार्ग चित्र पार्टीसँग रहेकाले नेता तथा कार्यकर्ताले पार्टीलाई अहिलेदेखि नै बलियो,एकता र मजबुद वनाउनु कर्तव्य भएको वताएका छन् ।
पार्टीको बल र एकताको लागि जिल्लाको अधिवेशनबाट गुट र उप गुट त्यागेर सवैको मन एक भई सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका छन् ।
त्यसो भनिरहँदा लोकतान्त्रिक विधी र प्रणालीमा इच्छा गर्नेलाई प्रतिस्पर्धा गर्ने छुट रहेको बताए पनि नेता पोख्रेलले वताएका छन् ।
अहिले नै सवै कुराको अन्त्य नभई आगामी दिन समेत सवैको पालो आउने भएकाले प्रतिष्पर्धा गरेर भन्दा सर्व सम्मत निर्णयले मात्रै पार्टी एकता र वलियो हुने उनको भनाई रहेको थियो ।
त्यसैगरि पार्टीमा नेतृत्व नपाउने र भुमिका विहीन भएर निरास हुनुपर्ने अवस्था पनि नभएको वताएका छन् ।
उनले भने,‘कसैले जिम्मेवारी विहीन भएर वस्नु पर्दैन,जस्को भुमिकालाई निरुत्साहित होइन,उचो वनाएर नेतृत्वदायी वनाउने जिम्मा मेरो भयो,ढुक्क हुनुहोस् ।’
साथै प्रमुख अतिथी नेता पोख्रेलले जनताको जीवन स्तरलाई समृद्धितर्फ लैजानको लागि एमाले पार्टीले प्रमुख भुमिका निर्वाह गर्ने वताएका छन् ।
जनतालाई पीरमर्का र जनताको मुद्धामा एमालेले जुरुक्कै बोक्ने र देशको विकास,भ्रष्टचार विरुद्ध लड्ने,सामाजिक अपराधको अन्त्य र समनतामुलक समाज निर्माण गर्न अग्रसर रहेर काम गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अधिवेशनलाई संवोधन गर्दै प्रदेश सरकारले एक हप्ता भित्रै काम थालनी गरेको वताए ।
उनले भने जनताको कामको थालनी हामी अवेर नगरि गर्न सुरु गरिसकेका छौ । प्रदेश सरकारले स्थायित्व सहितको सरकार वनेको पनि कार्कीको भनाई ।
पार्टीको जिल्ला अधिवेशनलाई शुभकामना दिदै आम कार्यकताको मर्म र भावनालाई वुझेर नयाँ नेतृत्व चयन विवाद रहित वनाउनु पर्ने वताएका छन् ।
यसैगरि एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद भीम आचार्यले पनि जिल्ला अधिवेशनद्धारा सर्व सम्मत नेतृत्व चयन गरेर अघि वढ्नुपर्ने आजको आवस्यकता भएको बताए ।
उनले भने,‘आजको आवस्यकता नै पार्टीले जनतालाई एउटै पार्टीमा गुटउपगुट नभई एक भएको नवीनतम् सन्देश दिनु हो।’
तर नेता आचार्यले पार्टीको नेतृत्व गर्छ,पार्टीलाई बलियो वनाएर राम्रो गर्ने छु भनेर इच्छा राख्नु चाहिँ गुट उपगुट नभएको वताएका छन् ।
त्यसैगरि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले पनि पार्टीभित्र गुटउपगुट सृजना भएर समस्या हुनु भनेको एमाले पार्टी नेतृत्व नै जिम्मेवारी रहेको वताएका छन् ।
उनले भनेर्,पार्टीको मूल मर्म जनताको बहुदलीय जनवाद नबुझ्दा, नमान्दा, मर्मको आत्मसात नगर्दा आज आएर पार्टीभित्र गुट र उप गुट मौलाएको हो,अव भने हरेक पार्टी कमिटीले पार्टीको बैचारिक र मुलधार बोकेर हिड्नु पर्छ।’त्यसैले गुट र उपगुट मैलाउँदै गए हामी चु लागेर वस्न नहुने पनि नेता राईको भनाई रहेको थियो । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आगामी मिसन ८४ मा एमाले पार्टीको जीत सुनिश्चित गर्नको लागि सर्व सम्मत नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई जोड दिएकी थिइन। सर्व सम्मत नेतृत्व आज समयको माग र कार्यकर्ताको आँकाक्षा पनि भएको बताउँदै आम कार्यकर्ताको भवनालाई कदर गनुपर्ने वताइन् ।
नेकपा एमाले स्थायी कमिटि सदस्य एव्म कोशी प्रदेशका पूर्वमन्त्री जगदीश कुसियतले व्यतिm हार्नु भनेको सिंगो पार्टीको नै हार हुने बताउँदै एकताको सन्देश दिनको लागि आग्रह गरेका छन् । पार्टीले जनाधार वनाएर आगामी दिनमा देश हाँक्ने र सुन्दर भविष्य वनाउने परिकल्पना बोकेकाले पनि अहिलेदेखि नै सोही अनुसार काम गर्नु पर्ने वताउँदै अधिवेशनको सफलताको शुभकामना दिए। नेकपा एमाले सुनसरीको आठौं अधिवशेन आज,भोली र पर्सी सम्म सन्चालन हुनेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ भने जिल्लाका विभिन्न गाउँ,नगरका पार्टी प्रतिनिधी सहितको भेला इटहरीमा रहेको छ ।