स्थानीय

    Showing 3,071-3,080 of 3,433 items.
  • बुधबार कार्यपालिका बैठकमा निर्णय हुन नसकेको बजेट तथा नीति कार्यक्रम आज छलफल हुने

    धरान । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आउदो चुनाबी लक्षित बजेट ल्याउन लागेको भन्दै चर्को बिरोध भए पछि आज बस्ने नगर कार्यपालिकाको बैठकले छलफल गरि दिउँसो हुने नवौं नगरसभामा धरानको बजेट, नीति तथा कार्यक्रम पेस हुने भएको छ । हिजो बुधबार बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि अनुमोदन हुन नसके पछि आज बस्ने बैठकले निर्णय गरे पछि दिउँसो २ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा हुने नगरसभामा पेस हुने भएको छ । हिजो बसेको नगर कार्य समितिको बैठकमा समयमा नै वडाहरुलाई बजेटको

    • प्रकाशित मितिः असार १०, २०७८
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

    धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् । कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर ब

    • प्रकाशित मितिः असार ८, २०७८
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी गर्भवती महिलालाई धरान महिला संजालको सहयोग

    धरान । छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी ३ महिने गर्भवती महिलालाई महिला संजाल धरानले औषधी सहित नगद सहयोग गरेको छ । संजालको पहलमा बिर्तामोड मेडिकल हलले १० हजार रुपैया बराबरको औषधी निशुल्क उपलब्ध गराउने भएको छ भने अध्यक्ष चेतना श्रेङले ५ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । थप उपचारका लागि पनि सहयोगहरु उपलब्ध गराउने तथा पिडकलाई कारवाहीका लागि थप अभियान संचालन गरिने बताइन् । विगत १५ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जीको उपचारमा आर्थिक अभाव हुन थालेको समाचार आए पछि संजालकी अध्यक्ष श

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,132 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेफ्टीटेङकीमा खसेर २ जनाको मृत्यु

    सुनसरी । संखुवासभा खादबारी नगरपालिका ४ सेखा मा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्दा अचानक सेफ्टीटेङकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । नरेश गुरुंङको घरमा बनाइएको सेफ्टीटेङकीमा खसेर मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार राती सेफ्टीटङकी खसेर बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो । उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानसिक संन्तुलन गुम्ने गरि कुटिएकी दलित गर्भवती महिलाले अझै पाइनन् न्याय

    सुनसरी । सिम चोरी गरेको आरोपमा छिमेकीकै कुटाईबाट मानसिक सन्तुलन गुमाउने पुगेकी गर्भवती महिलाले अझै न्याय पाउन सकेकी छैनन् । पिडकहरु विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न अझै आनाकानी गरिरहेको छन् भने छिमेकीहरुले गाउँको घटना गाउँ मिल्न भन्दै दबाब दिइरहेका छन् । प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगर परिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई चर्को दबाब दिइरहको छ । उनीहरूले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपूर्ति बापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन घरमा आएर फकाइरहेका छन् । घटना मिलापत्र गराउन केही जनप्रतिनिधि पनि लागिरहेका छन । शोभाकी आमा देवी दर्जीले भनिन्, ‘कुटपि

    • प्रकाशित मितिः असार ७, २०७८
    • 504 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार धरान उपमहानगरपालिकामा शोक विदा

    धरान / धरान उपमहानगरपालिकामा (आज) आइतबार शोक विदा दिने निर्णय गरेको छ  । उपमहानगरले आज सूचना  जारी गर्दै नगरपालिकामा कार्यरत सफाईकर्मी उपेन्द्र मरिक ख को निधनमा एक दिन शोक विदा दिने निर्णय भएको जनाएको हो । अत्यवावश्यक सेवाबाहेक नगर कार्यपालिको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।      

    • प्रकाशित मितिः असार ६, २०७८
    • 2,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाचौं दिन पनि वीपीका चिकित्सक तथा विद्यार्थीद्वारा धर्ना

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाउदै गएको अनियमितता र भ्रष्टाचारको विषयमा अख्तियारको ध्यानाकर्षण गराउने चिकित्सकलाई उपकुलपतिले स्पष्टिकरण मागे पछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा विद्यार्थीहरुले चौथो दिन पनि दुई घण्टा धर्ना दिएका छन् । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतबार प्रतिष्ठानको निति विपरित गएको भन्दै स्पष्टिकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपति विरुद्ध चिकित्सक तथा विद्यार्थीहरुले सोमबार देखि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । आज पाचौं दिन पनि उपकुलपति कार्यालय

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘डा. पोखरेललाई काटिएको स्पष्टिकरण पत्र बुझ्नु अगावै कसले लिक गर्यो?’

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक विवादले स्वास्थ्य सेवा त प्रभावित बनेकै छ, संस्थाको गोपनियता पनि भंग गर्न थालेका छन् । प्रतिष्ठानको गोपनियता कायम गर्नु पदाधिकारीहरुको दायित्व हो, तर तिनैबाट गोपनियता भङ्ग हुन थालेको स्पष्ट भएको छ । प्रतिष्ठानका मुख्य पदाधिकारीले आफ्नै गुटका पत्रकारहरु परिचालन गरेका छन् । एकले अर्कालाई दोषि देखाउन संस्थाको गोप्य सुचनाहरु पनि बाहिर आउन थालेको छ । गत जेठ ३० गते एक चिकित्सकलाई काटिएको स्पष्टिकरण पत्र उनले बुझ्नु अगावै संचारमाध्यममा पुगिसकेको थियो । पदाधिकारीबाटै पत्र बाहिरिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्रति

    • प्रकाशित मितिः असार १, २०७८
    • 1,697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वीपीलाई विश्वविद्यालय बनाउन भिसि किन हतारिए ?’

    धरान । कोरोनाको महामारीकै बिचमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्ति भएको ३ महिना नबित्दै डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउने निर्णय गराए । कोरोना महामारीमा संक्रमित भएका बिरामीहरुलाई प्रतिष्ठानबाट दिइने स्वास्थ्य उपचारको सेवालाई प्रभावकारी बनाउनुको साटो उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन हतारिए । दैनिक जसो कोरोना संक्रमितहरु बढ्दै गएको अवश्थामा कोभिड अस्पताल शुरु गरेर उनी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गराउन काठमाण्डौं धाइरहे । गत साउन ३० गते बसेको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई विश्वविश्वविद्यालय बन

    • प्रकाशित मितिः असार १, २०७८
    • 844 पटक पढिएको
    • "दिनेश गजमेर"
  • केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

    धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved