विजयपुरको सौन्दर्यीकरणमा संघीय वजेटः काम सुचारु

  • जेठ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको सडक विस्तारमा संघ, प्रदेश र स्थानीय सरकारले महत्व दिएका छन् । 

पछिल्लो समय संघीय सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयबाट धरान १४ विजयपुरको सौन्दर्यकरण शीर्षकमा २० लाख बजेट विनियोजन भएपछि जीर्ण सडक निर्माण शुरु भएको छ ।

धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरलाई संघ, प्रदेश र स्थानीय सरकारले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

विजयपुरमा ऐतिहासिक महत्व बोकेको झण्डै दुई दर्जनभन्दा बढी मठ मन्दिर छन् तर जीर्ण सडक, प्रचारप्रसारको अभाव लगायत विविध कारणले पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमात्र चर्चामा छ ।

छेउमै रहेको पञ्चकन्या क्षेत्रमा रहेको पञ्चकन्या मन्दिर र पाथीभरा मन्दिर ओझेलमा छ ।

समग्र विजयपुरको सौन्दर्यका लागि आएको बजेट धरान १४ विजयपुरदेखि पञ्चकन्या मन्दिरसम्म पुग्ने सडक निर्माणको कार्य शुरु भएको हो ।

सौन्दयीकरणको नाममा आएको बजेटबाट चौकदेखि २ किमी सडकमध्ये मन्दिर परिषरभित्र रहेको ६२ मिटर सडक आरसिसी ढलान गर्ने,

मन्दिर आसपासमा पार्किङको निर्माणसँगै जीर्ण शौचालय निर्माण गर्ने लक्ष्य लिएको धरान उपमहानगरपालिका १४ नं. वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार उपभोक्ता समितिमार्फत पिण्डेश्गवर मन्दिरमा रहेको सरस्वती पोखरी रंगरोगन कार्यसगै घेराबारा गर्ने, दन्तकालीको हमनगृहमाथि ट्रष्ट लगाउने कार्य समेत यसै बजेटबाट हुनेछ ।

पञ्चकन्या हुदै ऐतिहासिक महत्व बोकेको विजयपुर दरबार समेत सडक जीर्ण भएकै कारण पर्यटकहरु त्यहाँसम्म पुग्दैनन् ।

यो सडक निर्माण सम्पन्न भएपछि भने मन्दिरमा चहलपहल बढ्ने पाथीभरा मन्दिरकी पूजारी जमुना खनालले बताइन् ।

यो ठाउँ जंगलले घेरिएकोले विस्तारै वनभोज स्थल समेत बन्दै गएको छ ।

तर जीर्ण सडक, खानेपानीको समस्या,शौचालयको समस्या, समुचित ढंगबाट पार्किङको व्यवस्था नगरिएका कारण कारण त्यहाँ पुग्नेहरुलाई समस्या हुने गरेको छ ।

विजयपुरको एकान्त स्थान मानिएको सो ठाउँमा सडक निर्माण सम्पन्न भएपछि यहाँ वनभोज खानेहरुको समेत संख्या बढ्ने स्थानीयहरुले बताएका छन् ।

अन्य कारण भन्दा पनि बाटो जीर्ण भएकै कारण समस्या हुने गरेको सवारी चालकहरु समेत बताउँछन् ।

सडक निर्माण सम्पन्न भएपछि यो ठाउँमा पर्यटक धेरै आउने र चहलपहल बढ्ने टेम्पो चालक मानबहादुर मगर बताउँछन् ।

विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना तीनै तहका सरकारको भएपनि यथेष्ट बजेट विनियोजन भने हुन नसकेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताछन् ।

साउन महिनामा पिण्डेश्वरमा बोलबमको चाप, दशैको समयमा दन्तकाली मन्दिरमा हुने चाप र सधै नै जसो बुढासुब्बा मन्दिरमा हुने चापले विजयपुरलाई चलायमान बनाएको छ ।

यहाँका मन्दिर दर्शन गर्नकै लागि दैनिक ५ सयदेखि १ हजार भक्तजनहरु नेपाल लगायत भारतदेखि समेत आउने गरेका छन् ।

तर भीमसेन मन्दिर, पञ्चकन्या, मन्दिर, पाथीभरा मन्दिर जस्ता धेरै मन्दिरहरुको प्रचार छैन भने सडक जीर्ण रहेकै कारण भक्तजनहरु नगन्य रुपमा पुग्ने गरेका छन् ।

विजयपुरमा भएका सबै मठमन्दिरको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा अहिले स्थानीय सरकार लागेको छ ।

पर्याप्त बजेट नभएकै कारण निर्माण गर्नुपर्ने कुराहरु निर्माण हुन सकेको छैन । सम्बन्धित पक्षको ध्यान त्यसतर्फ पुगेको देखिदैन । 

ताप्लेजुङमा बाढी पहि ...

फुङ्लिङ/ निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन् ...

धरानमा दोश्रो चरणको ...

धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्य ...

कोशीमा नयाँ बजेट आय ...

मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ ...

सानिमा बैंकका कर्मचा ...

धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved