बराहक्षेत्रका जनप्रतिनिधिको २ वर्ष कस्तो रह्यो ? २ वर्षको अवधिमा भएका केही महत्त्वपूर्ण कामहरू : "संगम बिस्ट"

  • जेठ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूको २ वर्ष पूरा भएको छ । 

२०७९ बैशाख ३० गते मा सम्पन्न भएको उक्त निर्वाचनबाट नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू लगायत जनप्रतिनिधिहरूले २०७९ ज्येष्ठ ११ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए ।

५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरूले २ वर्षमा गरेको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरू नगरवासीको माग र आवश्यकतालाई पूरा गर्न लागि परेको र नगरवासीका सा–सान समस्याको समाधानका लागि समेत लागि पर्ने गरेको देखिन्छ ।

सिलपाखा गाउँसम्म मोटर बाटो, वान्दै चौरी–कटहरे सडक, चक्रघट्टी र सोमवारेमा सहरी सडक, कोसीपारि टप्पुमा माध्यमिक तहका कक्षा सञ्चालन, हैटा खोला अतिक्रमण हटाउने, चक्रघट्टी बजार नाला अतिक्रमण हटाउने, बजारलाई सहरको रूप दिने लगायतका काम नगरवासीले प्रशंसा गर्ने गरेका छन् ।

कार्यभार ग्रहण गरेदेखि नै भौगोलिक रूपले ठुलो र प्राकृतिक प्रकोपको जोखिम रहेको नगरपालिकालाई उत्कृष्ट र अब्बल नगरपालिका बनाउने अभियानमा लागि परेको नगर प्रमुख रमेश कार्की बताउँछन् ।

जनप्रतिनिधि, कर्मचारीले प्रवाह गर्ने सेवा सुविधा र आम नागरिकको मागलाई सम्बोधन गर्दै सिङ्गो वराहक्षेत्र नगरपालिकाको आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तर्फ उन्मुख गराउन र नगरपालिकाले आत्मसाथ गरेको नारा ’समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार’ लाई सार्थक तुल्याउन जनप्रतिनिधिको दुई वर्ष अर्थात् ७३० दिन महत्त्वपूर्ण रहेको नगर प्रमुख कार्कीको दाबी छ।

बिकट क्षेत्रमा भौतिक पूर्वाधार विकासलाई जोड, शिक्षा, स्वास्थ्यमा सुधारमा नगरपालिका कार्यपालिकाको टिम लागि परेको उनको भनाई छ । 

नगर प्रमुख कार्की भन्छन् “शिक्षा, स्वास्थ्य र सरसफाइ पनि प्राथमिकतामा राखेर काम गरिरहेको छौ, नगरवासीलाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्दैछौं, म लगायत सिङ्गो जनप्रतिनिधिहरू नै नगरवासी प्रति उत्तरदायी छौँ,

२ वर्षमा बिकट क्षेत्रमा विकासलाई जोड दिएर शिक्षा, स्वास्थ्यमा सुधार, नगरवासीको परेको समस्याको समाधान, प्राकृतिक तथा दैवी प्रकोप नियन्त्रण, राहत, उद्धार त्यस्तै सार्वजनिक सम्पत्ति खोला नालाहरूको अतिक्रमण हटाउने, लगायत धेरै उपलब्धि भएका छन् जसलाई नगरवासीले महसुस गर्नुभएको छ

“चतराधाममा बाह्र बर्से पिण्डेश्बर पूर्ण महाकुम्भ मेलाको सफल आयोजना र व्यवस्थापन नगरकालागी ठुलो उपलब्धिको रूपमा रहेको कार्कीको भनाई छ ।

पूर्ण महाकुम्भ मेलाको सफल आयोजनाको आर्थिक तथा सामाजिक रूपमा सकारात्मक प्रभाव बर्षौ सम्म नगरमा देखिने उनको दाबी छ ।

कार्कीका अनुसार कालावञ्जरको हैटा खोला अतिक्रमण हटाउने कार्य, चक्रघट्टि बजारमा नाला अतिक्रमण हटाई सडक पूर्वाधारको विकास, स्वास्थ्य संस्थाको विकास, पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार, स्वरोजगार, सिपमूलक तालिम जस्ता कार्यमा लागि परेकोले गरेर पनि होला गत वर्ष वराहक्षेत्र नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९१ अङ्क प्राप्त गर्दै उत्कृष्ट अङ्क प्राप्त गरेको थियो ।

– प्राचीन हरिद्वार चतराधाममा आयोजना भएको बाह्र बर्से पिण्डेश्बर पूर्ण महाकुम्भ मेलालाई सफल र सभ्य रूपमा सम्पन्न गर्न सफल गर्न नगरपालिका सफल भएको छ।

मेलामा करिब ७० लाख भक्तजनहरू देश विदेशबाट ल्याउन र व्यवस्थापनमा उत्कृष्टसँगै मेलामा राष्ट्रपति, पूर्व प्रधानमन्त्री, सभामुख, शीर्ष नेताहरू लगायतका शिष्ट, विशिष्ट महानुभाव मेलामा ल्याउन सफल भएको छ ।

– बाक्सिङटार र सिलपाखामा पहिलो पटक मोटर बाटो पु¥याउन सफल ।

– वान्दै चौरी–कटहरे सडक ।

– स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९१ अङ्क प्राप्त गर्दै उत्कृष्ट अङ्क प्राप्त।

– श्रीलङ्का टप्पु स्थित गरैयामा रहेको तत्कालीन जनता आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयको रूपमा विकास।

– धर्तीको पहिलो तीर्थ वराहक्षेत्र मन्दिरमा आवश्यक भौतिक संरचना निर्माण ।

– श्रीलङ्का टप्पु र सुर्यकुण्डमा प्रहरी चौकी राख्ने प्रक्रिया अगाडि बढाउन सफल ।

– चक्रघट्टी स्थित मुनालचौक–मेहेन्द्रगेट सम्मको नाली मिचेर बनाएका संरचना हटाउन सफल, उक्त क्षेत्रलाई सौन्दर्यीकरण सहित बाटो निर्माण कार्यको सुरु ।

– पर्यटकीय क्षेत्रको रूपमा रहेको सुर्यकुण्ड पुग्ने सडकको स्तरोन्नति, सङ्घ र प्रदेशबाट योजना पार्न सफल ।

– श्रमदान मार्फत विभिन्न योजनाको काम सुरु ।

– धार्मिक क्षेत्रको प्रवर्धन र संरक्षणकालागी वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ र सुर्यकुण्डमा बजेट ।

– स्थानीय पत्रकारहरूलाई सम्मानसँगै पुरस्कृत गर्ने कार्य ।

– वाङ्गदेखि कालाबञ्जर हुँदै धरान जोड्ने सडकको काम गराउन नेतृत्वदायी भूमिका ।

– वाङ्गे देखि नडाहा–धरान जोड्ने सडकको निर्माण कार्यलाई तीव्रता गराउन सफल ।

– स्मार्ट सिटीका लागि महेन्द्रनगर र प्रकाशपुरमा डिपिआर ।

– कोसीपारिमा प्रसूति गृहका लागि भवन निर्माण ।

– भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, नापीको काम सम्पन्न ।

– ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरूप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गरिँदै ।

– नगर अस्पताल सुधार, घाटमा रहेको संस्थालाई नाफामा ल्याउन सफल ।

– सुर्यकुण्ड, श्रीलङ्का टप्पु जस्ता दुर्गम क्षेत्रमा सचेतनाकालागि स्वास्थ्य शिविर कार्यक्रम

– हैटा खोलाको अतिक्रमण हटाउने कार्य सुरु।

– पहेँलो कार्ड भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक ५ सय, सुत्केरी आमालाई एम्बुलेन्स खर्च बापत २५ सय दिने कार्यक्रम ।

– ५५ वटा नयाँ सहर बनाउने सङ्घीय सरकारको योजनामा वराहक्षेत्रलाई ११ नम्बरमा समावेश गराउन सफल ।

– खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि पहिलो पटक लिग फुटबल प्रतियोगिता ।

– सप्तकोसी क्याम्पसलाई बस अनुदान क्याम्पसलाई विश्व विद्यालय अनुदान कोषबाट शैक्षिक सामाग्री उपलब्ध ।

– हप्तामा १ दिन नगरपालिका भर सरसफाइ कार्यक्रम सञ्चालन।

– सुत्केरी बिदामा बसेका शिक्षिकाको अभावलाई समाधान गर्न सट्टा शिक्षिकाको व्यवस्थापन ।

– युवाहरूलाई सिपमूलक र महिलाहरूलाई स्वरोजगारका लागि सिप मूलक तालिम।

– कृषिमा धान प्रवर्धन कार्यक्रम, विभिन्न कृषि उपकरण कृषकलाई अनुदान ।

 

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved