पिण्डेश्वर मन्दिर जाने प्रवेशमै गेट निर्माण

  • जेठ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनकाे सहजताका लागि प्रवेशद्वार निर्माण गरिएको छ ।

धरान उपमहानगरपालिका ३ नं. वडा समितिले नगरपालिका, वडा र स्थानीय उपभोक्ताबाट उठाएको रकमबाट प्रवेशद्वार निर्माण गरिएको हो ।

धरान ३ र १४ विजयपुरको पिण्डेश्वर जाने मुख्य द्वारामा गेट निर्माण गरिएको हौ ।

निर्माण सम्पन्न भएको उक्त प्रवेशद्वारको उद्घाटन पिण्डेश्वर बाबाधाम समितिका पूर्व अध्यक्ष एवम् समाजसेवी कृष्णप्रसाद श्रेष्ठले गरेका थिए ।

३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यका अनुसार ०७९ को सञ्चिती रकम २ लाख, धरान उपमहानगरपालिकाको १ लाख ५० हजार लाख, स्थानीय समाजसेवी कृष्णप्रसाद श्रेष्ठबाट ५० लाख र उपभोक्ताबाट संकलन गरेर २१ लाख लागतमा उक्त गेट निर्माण गरिएको हो ।

धरानभन्दा बाहिरका धार्मिक पर्यटक आउँदा पिण्डेश्वर मन्दिर जाने बाटो थाहा नपाउँदा भौतारिने तथा मन्दिर प्रवेश गर्नु भन्दा अगाडि राखिएकौ प्रवेशद्वारले आकर्षण थप्ने भएकोले निर्माण गरिएकौ वडाध्यक्ष विद्या शाक्यले बताए ।

 

 

 

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

धरानको इतिहास बोकेको ...

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कु ...

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved