धरानमा पर्यटनको संभावना र चुनौती विषयमा एभरेष्टमा बक्तृत्वकला प्रतियोगिता

  • जेठ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बिद्यार्थीको अध्ययन अलवा बोल्ने कलाको क्षमता विकासका लागि एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल धरान ६ पानबारीले वक्तृत्वकला आयोजना गरेको छ । 

शुक्रबार स्कुलमा नै विद्यार्थीवीच प्रतिष्पर्धा गराएर वक्तृत्वकला आयोजना गरेको विद्यालयका शिक्षक खगेन्द्र श्रेष्ठले वताए ।

शिक्षक श्रेष्ठका अनुसार कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी उक्त वक्तृत्वकलामा सहभागी भएका थिए ।

४० जना भन्दा विद्यार्थीले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत निशान विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा कक्षा १० नै अध्ययनरत लोचना सिग्देल दोश्रो ,झुमा सुन्चेउरी तेश्रो र सान्तवना द्धय पेरिजा दाहाल र हिमा घिमिरे बनिन् । कार्यक्रमका प्रमुख अतिथी स्कुलको बाल क्बल अध्यक्ष कुशल प्याकुरेलको अध्यक्षतामा भएको हो भने प्रमुख अतिथी स्कुलकी टिम क्याप्टेन हिमा घिमिरे थिइन् ।

वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरु स्कुलका शिक्षकहरु खगेन्द श्रेष्ठ,मञ्जु तामाङ र चेतन खतिवडाले गरेका थिए ।

धरानको पर्यटन, संभावना र चुनौतीको विषयमा विद्यार्थीले बोलेका थिए ।

एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुलका व्यवस्थापन समितीका अध्यक्ष सन्तवीर पौडेलका अनुसार विद्यार्थीको लागि अतिरिक्त क्रियाक्लाप अन्र्तगत खेलकुद,हाजिरी जवाफ प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता लगायत विविध कार्यक्रम आयोजना गरेको वताए ।   

 

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved