युएन कलेज धरानमा सिम्याटको तयारी कक्षा सुरु "सिम्याट के हो र विद्यार्थीले किन गर्नु पर्छ ?"

  • जेठ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

  सिम्याट अर्थात सेन्ट्रल म्यानेजमेण्ट टेष्ट नेपालको सवैभन्दा पुरानो सरकारी विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयले लिने गर्दछ ।

तर विद्यार्थीहरुमा सिम्याट परीक्षाको विषयमा खासै जानकार भएको पाँइदैन।यसर्थ बिद्यार्थी आफुलाई ईच्छा लागेको विषयमा कलेजमा अध्ययन गर्न जाँदा मात्रै थाहा हुन्छ की सिम्याट परीक्षा दिएर मात्रै भर्ना हुन पाइने रहेछ भनेर।

त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा विद्यार्थीको आकर्षण भने वढेको पाइन्छ तर त्यसका लागि विद्यार्थीले के के गर्नुपर्छ भनेर आधारभुत जानकारी समेत नपाउँदा विद्यार्थी अन्यौलमा पर्ने गरेको पाइन्छ ।

सरकारले ल्याएको शिक्षा संवन्धी परिवर्तित नियमहरुका बारेमा सचेतना नगराउनु,शिक्षासँग सरोकार राख्ने र विद्यार्थी आफैं पनि सचेत वन्नु नसक्दा विद्यार्थीले यसरी सफलताको सिँढी चढ्नको लागि समस्या हुने गरेको छ ।

सरकारले हरेक वर्ष ७७ वटै जिल्लामा एकै पटक सिम्याटको परीक्षा विगत दुई दशक भन्दा बढी समयदेखि यो परीक्षा लिँदै आएको छ तर अहिले सम्म विद्यार्थीमा सिम्याट परीक्षा दिएर उतीर्ण भएपछि मात्रै आफुले चाहेको विषयमा अध्ययन गर्न पाइन्छ भनेर खासै जानकारी भएको पाईदैन किन होला त ? यस सन्र्दभमा आज कोशी पत्र दैनिकले विद्यार्थीको अन्यौलतालाई चिर्नको निम्ति युएन कलेज धरानका प्रमुख डम्बर कुमार तुम्बापोलाई सिम्याटको बारेमा सोधी खोजी गरेका छौं ।

damar

 

# सिम्याट भनेको के हो ?के अर्थ हुन्छ ।

सिम्याट त्रिभुवन विश्व विद्यालय अन्र्तगतको व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यलयले हरेक वर्ष लिँदै आएको छ ।

सिम्याट परीक्षाका लागि आवेदन दिन १२ कक्षाको परीक्षा दिएका विद्यार्थीले सिम्याट परीक्षा दिन पाउँछन् ।

त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा भर्नाका लागि सिम्याट परीक्षा लिइन्छ ।

विषयमा भर्ना लिनको लागि बिद्यार्थीको जाँच हो अर्थात इन्ट्रान्स हो । यो नेपाल अधिराज्यभरी ७७ वटै जिल्लामा एक पटक एकै समयमा सिम्याट परीक्षा सञ्चालन हुन्छ ।

# सिम्याट परीक्षा दिएन भने चाहिँ के हुन्छ ?

यो सिम्याट परीक्षा अति नै आवस्यक छ ।१२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउछन् ।विद्यार्थीले कक्षा १२ मा ए प्लस र नेपाल टपर नै गरेको भएपनि सिम्याट विना अध्ययन अधुरो नै रहन्छ । व्यवस्थापन संकायको स्नातक भर्नाका लागि सिम्याट महत्त्वपूर्ण परीक्षा हो । यो विद्याथीको निम्ति अनिवार्य कोर्ष हो ।

विद्यार्थीले सिम्याट गरेन भने स्पष्ट छ,पढ्न पाईदैन ।UNK

# विद्यार्थीहरुमा सिम्याटको विषयमा कमै जानकारी हुनुको कारण के होला ?

विद्यार्थीहरुले सिम्याट तयारी कक्षा पुरा गरेर कक्षा १२ को रिजल्ट आएपछि नेपाल अधिराज्य भरी जुन सुकै कलेजमा पनि आफुले चाहेको विषय पढ्न पाउनु हुने छ । तर सिम्याटको बारेमा विद्यार्थीले कमै जानकारी पाएका कारण विद्यार्थी स्वयम् नै पछि पर्दै गएका छन् ।

यसो हुनुको कारण मलाई के लाग्छ भने त्रिभुवन विश्वविद्यालय अन्र्तगतको यो प्रोगामहरु कमै कलेजहरुमा सन्चालन भएको पाइन्छ । पुर्वमा त झन जस्तो विएचएमकै सवालमा कुरा गर्ने हो भने धरान र इटहरी बाहेक अन्य स्थानमा छैन् ।

जसले गर्दा पनि कलेजका फाउण्डरहरु समेत कमै जानकारी होला । त्रिभुवन विश्व विद्यालय र स्वयम कलेजले पनि सिम्याटको बारेमा विद्यार्थीलाई सचेतना कार्यक्रम गर्नु पर्ने अति आवस्यक देखिएको छ ।uu-1

# सिम्याटको तयारी कक्षा पनि सन्चालन हुन्छ त ?

अवस्य पनि । हामीले पनि विद्यार्थीहरुको चाहाना र इच्छा पुरा गर्नको लागि सिम्याटको तयारी परीक्षा सन्चालन गर्दै नै आएको छौ ।

धरानमा पहिलो पटक महेन्द्र बहुमखि क्यापसमा विविएको प्रोगाम आयो र यूएन कलेज धरानले पनि पहिलो पटक विएचएम प्रोगाम सन्चालन गर्यो।त्यस अन्र्तगत धरान एजुकेशन फाउण्डेशनको सहकार्यमा यूएन कलेजले पनि सिम्याटको तयारी कक्षा सन्चालन गर्दै आएको छ ।

यो हामीले विविए प्रोगाम आउँदाखेरी नै हाम्रो कलेजले पहिलो पटक सिम्याट तयारी कक्षा शुरु गरेका हौं।तर धेरैजसो विद्यार्थीहरु भर्नाको लागि भनेर विविए र विएचएम प्रोगामको लागि भर्ना हुन आउँछन् तर सिम्याट भने गरेकै हुँदैन । जस्ले गर्दा विद्यार्थीहरुले आफुले चाहेको विषय अध्ययन गर्नबाट वन्चित हुँदै भएर कठिनाई भोग्नु परेको अवस्था रहेको छ।

त्यसैले कक्षा १२ को परीक्षा दिएर वसेका विद्यार्थीहरुले यूएन कलेजले विद्यार्थीहरु आफुले चाहेको विषय पढ्नबाट वन्चित हुनु नपरोस भन्ने उद्धेश्यले सिम्याट तयारी कक्षा सन्चालनमा रहेको छ । यो् अवसर नगुमाउनु होला ।

तयारी कक्षाबाट तपाईहरु सिम्याट परीक्षा दिन सक्ने सक्षम विद्यार्थी वनाएर सहयोग गर्न हामी तत्पर छौ । हामीले विहान,दिउँसो र वेलुका गरी विद्यार्थीहरुको सविधाको लागि सिम्याट तयारी कक्षा सुरु गरेका छौ ।

# कस्ता कस्ता विद्यार्थीले सिम्याट गर्न सक्छन ?

त्रिभुवन विश्व विद्यालयको यो प्रोगामका लागि निश्चित कोटा छुट्याएको हुन्छ।

त्यो कोटामा पर्नको लागि पनि विद्यार्थीले सिम्याट तयारी कक्षा गर्न जरुरी हुन्छ ।अव विद्यार्थीले सिम्याटका लागि मिनिमम् पनि जिपिए सिस्टममा १.८ ल्याउनै पर्छ । त्योभ भन्दा कम वा जस्ट पास मात्रै भयो भने पनि अध्ययन गर्न पाईदैन ।

# अन्त्यमा के भन्न चाहनु हुन्छ ?

म के भन्न चाहन्छु भने कक्षा ११ र १२ अध्ययन गरेर परीक्षा दिएर वसेका विद्यार्थीहरु तुरुन्त आफुलाई पायक पर्ने स्थानमा गएर सिम्याट तयारी कक्षामा सामेल हुनुहोस र धरानको हकमा युएन कलेज तपाईहरुको लागि स्वागत गर्दछ।

कलेजमा भिजिट गरी फारम भर्न सक्नु हुने छ र कक्षामा सहभागि वन्न शुभकामना दिन्छु ।

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved