छापा माध्यमको भविष्य सकिएको छैन

  • जेठ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अझै पनि छापा माध्यमको भविष्य रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

दिब्य रोशनी पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नै वक्ताहरुले बताएका छन् ।

श्रमजीवि महिला पत्रकारद्धारा सम्पादित प्रकाशित दिव्य रोशनी साप्ताहिकको २० ओै बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले अहिलेको विषम् परिस्थितिमा छापा माध्यम प्रकाशनमा समस्या भएपनि यसको भविष्य भने नसकिएको बताए ।

उनले सञ्चारमाध्यमको शुरुवात नै छापामाध्यमबाट भएको बताउदै विगतमा पनि छापा माध्यमलाई केही समस्या आउने गरेको भएपनि पूर्ण रुपमा विस्थापित भने नभएको बताए ।

कोरोना संक्रमणपछि सबै सञ्चारमाध्यम आर्थिक रुपले धरासायी भएको भएको उनकौ भनाई छ । तर छापा माध्यम प्रकाशनमा अहिलको परिस्थितिमा समस्या भएपनि भविष्यमा यसको आवश्यकता महसुस हुदै जाने उनको भनाई थियौ ।

यस्तै महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले अहिलैको परिस्थितिमा सबै क्षेत्र धरासायी हुँदा सञ्चारक्षेत्र समेत धरासायी हुदा समेत महिला सञ्चारकर्मी मनितासहित प्रवन्ध निर्देशक सागर सिञ्जालीको अथक प्रयासमा निरन्तर २० बर्षसम्म प्रकाशित हुनु चानचुने कुरा नभएको बताइन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील तीन जना पत्रकार गर्नुको साथै समाजमा योगदान पुर्याउने एक जनालाई सम्मान गरिएको थियो ।

 धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकार स्नेहा श्रेष्ठ र शेखर योगीलाई सम्पादक प्रकाशक चाम्लिडका दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान”

बाट सम्मान गरिएको थियो भनै दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको “सृजनशील युवा पत्रकारिता सम्मान“ बाट पत्रकार रोहित कुमार बस्ने (डेबिट) लाई नगद ५ हजार ५ सहित सम्मान गरिएको थियौ भने “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट होप धरानका प्रमुख निश्चल पलिखे सम्मानित भएका थिए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved