धरान/ कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन। धरान-१५ स्थित याक्थुङ चुम्लुङको भवनमा फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा धरान आदर्श बोर्डिङ मा.बि.कि कुशुम माझी र मेरील्याण्ड इङ्लिस बोर्डिङकी डीना चोङबाङ पब्लिक चोइसको उपाधी सहित बिजेता बनेका हुन। गायतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप,नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए। गायनको सब टाईटलतर्फ
धनकुटा/ दलित समुदायले अपनाउँदै आइरहेको परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखेसो गरेका छन् । शनिबार दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले धनकुटामा आयोजना गरेको दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवम् दलित सवाल विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटाका अगुवाहरुले तीनै तहका सरकारले ध्यान नदिएको गुनासो गरेका हुन् । ‘दलित समुदाय सीप, कला र संस्कृतिका धनी छन् । तर उनीहरु राज्यको मूलधारबाट पाखा पारिएका छन्’ दलित समुदायका अगुवा गोपाल विश्वकर्माले भन
धरान / प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगितामा धरान प्रथम भएको छ । ७ वटा नगरपालिकाको १९ वटा टिमलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको छ । एभरेष्टका टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् । यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनबिम एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकेडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो , किताबी ज्ञानलाई
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । शुक्रवार मधुवन स्थित बडा कार्यालयमा एक अैापचारिक कार्यक्रम आयोजना गरेर वडामा रहेका १७ जना स्वास्थ्य स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई वडा अध्यक्ष कृष्ण कुमार महतोले साइलक हस्तान्तरण गरेका हुन् । वडा सचिव पंकक रामका अनुसार वडाको १ लाख ४३ हजार बजेटबाट स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई साइलक उपलब्ध गराईएको हो । ग्रामिण इलाका तथा सामाजिक तथा आर्थिक रुपमा बिपन्न परिबारको घर- घरमा पुगेर वालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा स्वास्थ्य स
धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । असार ६ बजाजकै सोरुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकल सार्वजनिक गरिएको हो । यो मोटरस भारतमा भने एक वर्ष अघि नै लन्च भइसकेको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको सोरुमका सञ्चालक अर्विन तामाङले जानकारी दिए । उनका अनुसार यो मोटरसाइकल नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा
धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् । शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका
धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्
झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका ४२ वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेको जनाइएको छन् । समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु
धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए । यी र यस्ता उखानहरु मानिसको जीवनयापनमा ठ्याक्कै मिल्ने गरेको पाइएको छ । माथिको उखानसँग भने धनकुटा जिल्लाको चौवीसे गाउँपालिकाकी ४३ बर्षीय पद्मा लिम्बुसँग ठ्याक्कै मिल्न पुगेको छ । विविध कारणले अध्ययनलाई बीचैमा छोड्नु भएकी लिम्बुले २६ बर्षपछि पुन:अध्ययनलाई निरन्तता दिँदै सबैको प्रेरणाको पात्र बन्न सफल हुनु भएको छ । २०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, सोही सालमा जिल्ला समन्वय समिति धनकुटाको सदस्य भई आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिने ल्याकत बनाइसक्नु भएकी लिम्बुले २
धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । देशैभरि दुर्घटना न्यूनिकरणको अभियान शुरु गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत धरानमा समेत शुरु भएको छ । धरानमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको छ । सप्ताव्यापी अभियान अन्तर्गत विहान ट्राफिक प्रहरीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, यातायात सम्बन्धी विभिन्न संघ संगठन, यातायात मजदुर, यातायात व्यवसायी र विद्यालयको विद्यार्थी सहितको सहभागितामा धरानमा सचेतनात्मक र्यालीका आयोजना गरिएको थियो । परिक्रममा पछि र्याली धरान ७ सिद्धी नेव