बालबालिकालाई खाना खुवाएर स्थापना दिवस मनाए

  • असार ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्लाहकार उमेश कुँवर सहभागी रहेका थिए ।

113 २०४५ सालमा स्थापना भएको श्री सरस्वती बाल आश्रममा रहेका असहाय बालबालिकाहरुको खानपान र शिक्षादिक्षामा विभिन्न संघसंस्थाहरुको दान र सहयोगबाट श्रोत जुटाइरहेको बताउँनुहुँदै खानाको प्रवन्ध गरिदिएकामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन परिवारलाई आश्रमका महासचिव हरी खड्गीले धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै असार ९ गते आइतबार धरानको भानुचोकमा रक्तदान कार्यक्रम समेत आयोजना गरेकोछ भने असार ८ गते संगठन स्थापना स्थल पानीपिया संगठनको स्तम्भ भएको स्थल सरसफाई कार्यक्रम आयोजना गरिएकोछ ।

संगठनले स्थापनाको ४५ वर्ष पुरा गर्दै असार ९ गतेदेखि ४६ वर्ष प्रवेश गर्दैछ सो अवसरमा संगठनले रक्तदान, मजदुरहरुको स्वास्थ्य परिक्षण कार्यक्रम, बसपार्क सरसफाई, लगायतका रचनात्मक कार्यक्रम गरेर देशव्यापी रुपमा स्थापना दिवस मनाई रहेकोछ ।

सोही अवसरमा धरानमा रहेको बालआश्रममा रहेका बालबालिकाहरुलाई खाना खुवाएको हो । २०३६ असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अहिले देशव्यापी आकार ग्रहण गरिसकेकोछ भने देशव्यापी रुपमा संगठन सञ्जाल विस्तार गरेर आफुलाई शक्तिशाली संगठनका रुपमा स्थापित गरेकोछ ।

111 संगठन स्थापनाको ४६ वर्षको इतिहासमा ११ वटा राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेकाछन् भने संगठन स्थापना भएको कोशी प्रदेशबाट मात्रै कमल बुढाथोकी, मोतिराज सुनुवार, राजिव घिमिरे र भीमज्वाला राई गरेर चार जना केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरिसकेकोछ भने महासचिवको भूमिकामा भीमज्वाला राईले जिम्मेवारी सम्हालिसकेकाछन्

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved