ट्राफिक सप्ताह धरानमा शुरु

  • असार ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ ।

देशैभरि दुर्घटना न्यूनिकरणको अभियान शुरु गर्दै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत धरानमा समेत शुरु भएको छ ।

धरानमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको छ ।

सप्ताव्यापी अभियान अन्तर्गत विहान ट्राफिक प्रहरीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, यातायात सम्बन्धी विभिन्न संघ संगठन, यातायात मजदुर, यातायात व्यवसायी र विद्यालयको विद्यार्थी सहितको सहभागितामा धरानमा सचेतनात्मक र्यालीका आयोजना गरिएको थियो ।

परिक्रममा पछि र्याली धरान ७ सिद्धी नेवा परिषद्मा आएर टुंगिएपछि सोही हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजित कार्यक्रममा वक्ताहरुले दिनप्रतिदिन सवारी दुर्घटनाको अवस्था भयावह भएको बताउँदै धरानमा शुरु गरिएको एकतर्फी सडक आवागमनले दुर्घटना न्यूनिकरणसँगै सवारी आवागमनमा समेत सहज भएको बताएका थिए ।

विगतमा धरानको भानुचौक सवारी साधनको चापले गन्तव्यमा पुग्न कठिनाईमात्र हैन अत्याधिक चापका कारण दुर्घटनाको जोखिम समेत अत्याधिक हुने गरेको भएपनि एकतर्फी बाटो सञ्चानलपछि दुर्घटना न्यूनिकरणसँगै मुख्य बजार, चौकमा सवारी चापको समेत न्यूनिकरण भएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताउनुभयो ।

धरानमा विगतमा अव्यवस्थित बसपार्क, जथाभावि सञ्चालन भएका सवारी साधन, मापसे गरेर सवारी चलाउने गरेका कारण समस्या भएपनि उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी मिलेर ट्राफिक सचेतनासँगै एकतर्फी सडक प्रयोग, मापसे चेकिङमा कडाई लगायतका गतिविधिलाई तिब्रता दिएपनि दुर्घटना न्यूनिकरणमा सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुवास केसीले बताउनुभयो ।

साता व्यापी कार्यक्रम अन्तर्गत आयोजक जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघ संस्थासँग समन्वय गरेर विविध कार्यक्रमको आयोजना गरिने सो अवसरमा बताइएको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved