सुनसरी स्तरीय क्वीच प्रतियोगितामा धरानको एभरेष्ट प्रथम

  • असार ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान / प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ  प्रतियोगितामा धरान प्रथम भएको छ ।

७ वटा नगरपालिकाको १९ वटा टिमलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको छ ।

एभरेष्टका टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् ।

यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनबिम एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकेडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो ,

किताबी ज्ञानलाई मात्र सीमित नराखी बाहिरी ज्ञान समेत विद्यार्थीमा बृद्धि गर्ने उद्देश्यले सुनसरीमा रहेका विद्याललाई सहभागी गराई प्याब्सन सुनसरीले क्वीच प्रतियोगिताको आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङले बताए ।

प्याव्सन सुनसरीले सेलेक्ट भएपछिमात्र विद्यालयलाई सहभागी गराउने गरेको छ ।

शुक्रबार भएको क्वीच प्रतियोगिता धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, गढी गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका ७ वटा विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

सेलेक्ट भएर इटहरीमा भएको प्रतियोगितामा आफ्नो विद्यालय प्रथम हुन सफल भएकोमा एभरेष्टका भ्वाइस प्रिन्सिपल चेतनाथ घिमिरेले खुशी व्यक्त गरे ।

प्याब्सनको नियम अनुसार लगातार तीन बर्ष जित हात पारेपछिमात्र शिल्ड सोही विद्यालयले पाउने छ ।

 लगातार तीन बर्ष नजितेमा पछिल्लो बर्ष हुन लागेको प्रतियोगिता अगाडि नै आयोजकलाई बुझाउनुपर्नेछ ।

तस्बिरहरू :

IMG-20240622-WA0007 IMG-20240622-WA0010 IMG-20240622-WA0009 IMG-20240622-WA0003 IMG-20240622-WA0012 IMG-20240622-WA0002

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved