धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।
असार ६ बजाजकै सोरुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकल सार्वजनिक गरिएको हो ।
यो मोटरस भारतमा भने एक वर्ष अघि नै लन्च भइसकेको थियो ।
यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको सोरुमका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।
उनका अनुसार यो मोटरसाइकल नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँ मापदण्ड सेट गर्दै आइएको छ । ७० भन्दा बढी देशहरुमा पल्सर विश्वव्यापी
रुपमै सर्वाधिक रुचाइएको बान्ड बन्न सफल उनको दाबी छ ।
एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएकाको कम्पनीको दाबीछ ।
यसमा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट र साथमा यूएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध जनाइएको छ ।
यसको अर्को विशेता भनेको यसको फ्यूल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीले तयार पारेको पल्सर एन १५०मा एरोडायनामिक थ्रीडी फन्ट सहितको स्लीक डिजाइनको उपलब्ध रहेको छ ।
यसको मस्कुलर डायनामिक ट्याङ्गी, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ ।
शक्तिशाली र स्मुथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्दै ४८ किमीको माइलेज दिने पनि कम्पनीले जनाएको छ ।
सुरक्षित यात्रालाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इत्वको ट्युबलेस अलोय ह्वील पनि राखिएको कम्पनीले जनाएको छ ।
यसको अर्को विशेषता भनेको सुरक्षालाई ध्यानमा राखेर सिङ्गल च्यानल एविएस पनि समावेश गरिएको छ ।
बजाज एन १५० मा डिजिटल स्पीडोमिटर ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सड् फिचरहरू रहेका छन् ।
यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध छ ।
साथै यस बाइकमा क्याट“ नोटीफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध रहेको र बाइकमा सिंगल ट्युव्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा रहेको कम्पनीले जनाएको छ ।
मात्र १४५ केजीको कर्ब बेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुने कम्पनीको भनाई छ ।
अन्य मोटरसाइकल भन्दा यसमा रहेको १४ लिटर तेल अट्ने ट्यांकी भएकोले लामो यात्रा गर्दा तेलको समस्या भोग्नु नपर्ने कम्पनीको भनाई छ ।
बाइकको बेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर डुम बेक समावेश गरिएकोले यो मोटरसाइकल ग्राहकका लागि अति उत्तम रहने जनाइएको छ ।
नेपाली बजारमा पल्सर एन १५० को मुल्य रु. ३ लाख ५९ हजार ९ सय रहेको छ ।
कम्पनीका अनुसार यो मोटरसाइकल फाइनान्स र एक्सचेन्ज सुविधामा समेत अर्विन एण्ड ब्रदर्श अटोमा उपलब्ध रहेको जनाएको छ ।