धरान / धरान १ मा रहेको स्पार्क फाइभ अस्पताले ९ औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा १ सय २० जना सर्वसाधारणले निःशुल्क परीक्षण गराएका थिए । डा. सुनिलकुमार पौडेलको प्रमुख आतिथ्य तथा देवरत्न शाक्यको अध्यक्षतामा अस्पतालकै प्रांगरणमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरमा प्रमुख अतिथि समेत रहेका बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेल र डा. तारा भुजेलबाट चेकजाँच गरिएको थियो । विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको शिविरमा ढाँड, कम्मर, गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरा
धरान / धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए । उच्चले गुुणस्त
धरान / धरानमा दीर्घकालीन खानेपानी आयोजना सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ । ०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो । शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जा
इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वज
सुनसरी / मातातीर्थ औसीको अवसरमा सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ । संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने ७० बर्ष या सो भन्दा बढी उमेरका आमाहरुलाईरुलाई संस्थाको कार्यलय बालग्राममा खादा, अविर र सम्मा पत्र सहित सम्मान गरिएको हो । सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारीले ठूलो फड्को
धरान / अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको रोजाईमा पर्छ । तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ । प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगा
मोरङ । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई १६्र हजार २ सय नगद प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो । तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।
धरान । धरान उपमहानगरपालिका वडा नं. ५ धरान उपमहानगरपालिकाभित्र गाँभिए पनि अपेक्षाकृत विकास नभएको भन्दै धरान ५ का सर्वसाधारणले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् ।कविन्द्र याक्खा तथा न्यायप्रेमी जनसमुदायको् नाममा दिइएको विज्ञप्तीमा पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष वितिसक्दा पनि यस वडाको अपेक्षाकृत विकास हुन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । मेयर साम्पाङलाई मगबार बुझाएको विज्ञप्तीमा धरान ५ लाई विकास निर्माणमा विदेभ गरिएको उल्लेख गरेका छन् । उनीहरुले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा न्यून बजेट विनियोजन, धरान ५ को खानेपानी समस्या समाधानमा गम्भीर नभ
धरान । नेकपा एमाले धरान नगर कमिटीको आठौ अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा सबै कमिटी निर्विरोध चयन भएको छ । कमिटीको मंगलबार र बुधबार भएको अधिवेशनबाट एभेङसहित ८५ सदस्यीय कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा पारस काङमाङ र सचिवमा राजेन्द्र राई निर्विरोध चयन भएका छन् । यसैगरी सहसचिवमा खुल्लातर्फबाट योगेशबाबु काफ्ले र जनजातिबाट दिवस वान्तवा चयन भएका छन् । आठौ अधिवेशन भएपनि राज्य पुनसंरचनापतिको भने यो पहिलो अधिवेशन हो । मंगलबार धरान १५ किरात याक्थुङ चुम्लुङको भवनामा प्रमुख अथिति १.न.प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम अधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै १
धरान / नयाँ बर्षसँगैै मधेशी समुदायले मनाउने जुडसितल पर्वको अबसरमा मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समितिको कार्यालय समुदघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमो कार्यालयको उद्घाटन भएको हो । समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका सल्लाहकार एवम् विद्यान मस्यौदाकर्ता अशोक झाले गरेका थिए । उद्घाटनका अवसरमा मधेशी समुदायको उत्थानका लागि गरिएको संगठन राजनीतिबाट टाढा रहने बताएका थिए । समाजको परिकल्पना ५ बर्ष अगाडी नै गरेको भए पनि समाज गठन हुन सकेको थिएन । उनले र धरानमा मधेशी समुदायको बस