बच्चा मृत्यु प्रकरणः वीपी प्रतिष्ठानद्धारा कमजोर स्वीकार,छानविन समिती बन्यो समितीले १५ दिन भित्र घट्नाको छानवीन गरि प्रतिवेदन वुझाउने

  • पुस ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार १५ महिने बच्चाको मृत्यको प्रकरणको छानविन गर्नको लागि आइतबार सात सदस्यी छानविन समिती बनेको छ ।

वीपी प्रतिष्ठान धरानमा भएको सर्व पक्षीय बैठकले कानुन व्यवसायी लवनीय राज कार्की संयोकत्वमा सात सदस्यीय छानविन समिती बनेको हो । उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको पीडित पक्षको आरोप छ।

उक्त बैठकमा बेलका नगरपालिकाका मेयर अशो कार्की,प्रतिष्ठानको तर्फबाट अस्पताल सहायक निर्देशक डाक्टर इन्द्र लिम्वू, नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ,सचिव राजेन्द्र राई, उप सचिब योगेश बावु काफ्ले पीडित पक्षका आफन्तहरुको सहभागिता रहेको थियो ।
छानविन समितीले १५ दिन भित्र घट्नाको संवन्धमा छानवीन गरि प्रतिवेदन वुझाउने र दोषी उपर कार्वाही समेत गरिने बताइएको छ ।

झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका बालकको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गम्भीर आपत्ति जनाउँदै पीडित पक्षलाई न्याय दिलाउनु पर्ने माग गरिएको छ ।

मृतकका पिता मोहन खड्काका अनुसार झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए।चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै २,४ दिनपछि मात्र ल्याउन सुझाएका थिए।

जबर्जस्ती निजी अस्पतालमा लैजान दबाब दिएको र लगातार अनुरोध गर्दा पनि समयमा औषधि नदिइ गलत औषधि दिएको आरोप परिवारले लगाएका छन्।बालकको असामयिक मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तले अस्पताल प्रशासनसँग जवाफ मागेका थिए।

घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रतिष्ठानका निर्देशक डा। जगत नारायणले दोषी चिकित्सक विरुद्ध कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।झाडापखालाका कारण अस्पतालमा ल्याइएका बालकको समयमा उपचार नहुनु र चिकित्सकले पेसागत दायित्वप्रति देखाएको लापरबाहीप्रति गम्भीर प्रश्न खडा भएको छ।

पीडित परिवारले छानबिनलाई निष्पक्ष बनाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।स्वास्थ्य सेवामा देखिएको यस्तो लापरबाहीले सर्वसाधारणको अस्पतालप्रतिको विश्वासमा आँच पु¥याएको छ।

यो घटना पेसागत नैतिकता र उत्तरदायित्वबारे थप संवाद र सुधारको आवश्यकता औंल्याउने एउटा गम्भीर उदाहरण बनेको छ।

 

साकेला नाचका साथ किर ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved