आदिवासीहरुको पवित्र स्थल थान अतिक्रमणको चपेटामा

  • पुस ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । कोशी प्रदेशका आदिवासी जनजातिहरूले आस्था र विश्वासका साथ मान्ने थान संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले ऐन बनाउने भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले संस्कृति नीति बनाउँदै थान संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशमा बसोबास गर्ने थारु,राजवंशी,धिमाल, सन्थाल,मेचे, कोचे, राई, लिम्बु गन्गाई, झाँगड लगायतका आदिवासीहरूले थान संस्कृति मान्दै आएका छन् ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले थान संस्कृति लोप हुँदै गएकाले प्रदेश सरकारले ऐन बनाएर थान संस्कृतिको संरक्षण गर्ने बताए ।
प्रदेश संवाद समूह कोशीले आयोजना गरेको थान संस्कृत संरक्षण सम्बन्धी नीति संवादमा मन्त्री राईले आदीवासीहरुको आस्थाको केन्द्र थानहरू मासिएकाले संरक्षण गरेर जाने बताए ।उनले भने ‘जन्मदेखि मृत्यु सम्म आदिवासीहरू आस्था र विश्वासको साथ जाने गर्छन् । अहिले उनीहरूको पवित्र भूमि नै अतिक्रमणको चपेटामा परेको छ । यसको संरक्षणका लागि सरकारले ऐन बनाउँछ । ’
उनले थानसँग भाषा , लिपी, गीत सङ्गीत, बाजा गाजा र भेष भूषा समेत जोडिएकाले यसको संरक्षण आवश्यक रहेको बताए ।पहिचानको कुरा उठिरहेको छ । उनले भने, आदिवासीको भाषा संस्कार र संस्कृति संरक्षण गरे मात्रै पहिचान स्थापित हुन्छ । प्रदेश सरकार पहिचानको संरक्षणका लागि लागि परेको छ ।
उनले थान संस्कृति संरक्षण सम्बन्धी नीति संवाद संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कुरामा असाध्यै महत्त्वपूर्ण र कोशेढुंगा साबित हुने भएको दाबी गरे ।
सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्रपर्ने असाध्यै महत्त्वपूर्ण संस्कृति पनि रहेकोले सबै मिलेर ऐन बनाएर जानु पर्नेमा जोड दिए ।उनले भने ‘तराईका थान संस्कृतिको विषयमा अध्ययन भइसकेको पाइयो, हिमाल र पहाड चढ्न बाँकी होला की भन्ने देखियो, उनले भने, तथ्य र तथ्याङ्क नहुँदा अहिले मुद्दा हार्नु पर्ने अवस्था आएको छ, अब सबै मिलेर यसको तथ्याङ्कको आधारमा मुद्दा जित्ने गरी अघि बढ्नुपर्छ ।’

कानुन निर्माण गर्ने, विधेयक बनाउने र पारित गराउने सबै जना छलफलमा रहेकोले यो ऐन निर्माण भएपछि कोशी प्रदेशका १२५ जातजातिलाई समेटेर जानेमा उनले विश्वास व्यक्त गरे ।

संस्कृतिमा मात्र ५० करोड बजेट छुट्याएर जान सकियो भनेँ मात्रै सबैले अपनत्व लिन सक्ने उनको भनाई छ । आफ्नो कार्य क्षेत्र भित्रको कामलाई पनि स्थानीय तहले प्राथमिकतामा राखेर जानु पर्ने बताए । संविधान कार्यान्वयनमा ढिला भएको हो, तर त्यो कार्यान्वयन गर्ने काम प्रदेशबाट गर्नुपर्ने बताए ।

कार्यक्रममा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले थान संस्कृति संरक्षण गर्ने खालको कानुन आवश्यकता रहेको बताइन् । गयानन्द मण्डलले थान भनेको सबैको आस्थाको केन्द्र भएको बताए । उनले भने,‘ ऐन बनाउने काममा सबै मिलेर लागौँ, विधेयक ल्याउने, सदनमा पेस गर्ने, पारित गराउने ९२ जना तयार छौँ ।’

सामाजिक विकास मन्त्रालय कोशीका सचिव हेमराज तामागले यसै वर्ष प्रदेशको संस्कृति नीति बन्ने बताए । उनले भने, अहिले सम्म नीति नै बनेको छैन । नीति बेनपछि संस्कृति संरक्षणका लागि कानुन बनाउने बाटो खुल्छ । उनले केन्द्रमा २०६८ मै संस्कृति नीति बनेको भए पनि प्रदेशमा भने बन्न नसकेको बताए ।

उनले भने हामी कोशी प्रदेशबाट नीति बनाएर काम थाल्छौ । यसले ऐन बनाउने बाटो खुल्छ।संविधानको धारा ६को १८ र २१ बुँदालाई टेकेर संस्कृति नीति बनाउन सकिने र यसले प्रदेश र स्थानीय तहलाई तथ्य र तथ्याङ्कलाई आधार संस्कृति संरक्षणका लागि काम गर्न सकिन्छ । आदिवासीहरूले आफ्नो परिवार, समुदाय र समाजको सुख, शान्ति र रक्षाको कामना गर्दै पूजा गर्ने स्थललाई थान भनिन्छ । विभिन्न जातीहरूले जाती पिच्छे विभिन्न नामले थानहरूलाई पुकार्ने गर्छन् ।

थारुहरूले ग्रामथानको रूपमा थान पूजा गर्छन् भने राईहरूले साकेला थान भनेर आस्था र विश्वासका साथ मान्ने गर्छन् ।ग्रामथान संरक्षण समिति कोशीका संयोजक तेजनारायण चौधरीले थान आदिवासीहरूको पवित्र स्थल भएको र जन्मदेखि मृत्यु संस्कारसम्म थान नभई नहुने बताए ।नेपाल प्रेसबाट

गुणस्तरीय शिक्षाको र ...

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित ...

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved