धरानमा सविन राई, ज्योति मगर, आस्था राउत लगायत आउने (भिडियो ) धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव

  • पुस ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यही पुस ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ ।

“गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न महोत्सव हुने छ ।

IMG-20241219-WA0025 1

नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताए ।

भिडियो :

राईले भने महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरुदेखि सबै उमेर समुहका नागरिक रमाउन सक्ने गरि रोटेपिङ, ड्«यागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले पहिलो दिनदेखि अन्तिमसम्म सबै कार्यक्रमहरुमा राष्ट्रिय कलाकारहरुलाई प्रस्तुत गरिने बताए ।

महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने राईले बताए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निशूल्क रहने र अपरान्ह ४ बजेपछि कालाकारहरुको उपस्थितिलाई मध्यनजर गर्दै शूल्क निर्धारण गरिने राईले बताए, उनले भने शुल्क ३ सय भन्दा बढी नहुने पनि बताए ।

गीत, संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरु भित्र्याउदै, धरानको समृद्धिमा योगदान पु¥याउने उदेश्यले आयोजना गरिएको यस महोत्सवबाट बचेको रकम मध्यबाट सामाजिक सेवाका काममा खर्च गरिने पनि राईले बताए ।

पत्रकार सम्मेलन धरान उपमहानगर १५ नम्बर वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यतामा भएको थियो ।

अग्रज सञ्चारकर्मी तथा मजदुर नेता भीमज्वाला राई विशिष्ठ अतिथि रहेको पत्रकार विकास चाम्लिङ राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा निशान त्रिवेणी टोल विकास संस्थाका सचिव डेनिस कार्कीले सबै सञ्चारकर्मीहरुलाई स्वागत गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved