स्थानीय

    Showing १,१३१-१,१४० of ५,३३२ items.
  • ‘एसईई आइडल सिजन–६’ को तयारी, विजेतालाई एक लाख नगदसहित पूर्ण छात्रवृत्तिको आकर्षक अवसर

    धरान/ कोशी प्रदेशकै चर्चित र प्रतिष्ठित प्रतिभा प्रतियोगिता ‘एसईई आइडल’ सिजन–६ को तयारी धरानमा आजबाट सुरु भएकाे छ । ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नाराका साथ  २०७५ सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताले प्रदेशभरिका विद्यार्थीको प्रतिभा पहिचानमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।फक्ताङलुङ मिडिया हाउस प्रालीद्वारा आयोजना गरिने यो प्रतियोगिता संगीत, नृत्य र वाककलामा रुचि राख्ने एसईई परीक्षार्थीहरूका लागि आकर्षक मञ्चको रूपमा स्थापित हुँदै आएको छ। मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार, “यी तीनवटा प्रतियोगितात्मक क

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ८८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु

    झापा/ विषालु सर्पको डसाइबाट झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा एक बालकको मृत्यु भएको छ। स्थानीय १० वर्षीय अनिश राईको गएराति विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। उनलाई राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले डसेको आफन्तले बताएका छन्। सर्पले टोकेको थाहा भएपछि बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए। रासस  

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ६३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालले आज उपाधिका लागि समोअविरुद्ध खेल्दै

    काठमाडौं/आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले समोअविरुद्ध खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । विश्वकपमा छनोट भइसकेको नेपालले यो खेल जिते उपाधि जित्नेछ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानविरुद्ध ३८ रनले विजयी भएको थियोे । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ५३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउनसुगरसहित युवती पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिका–३ बाबाधाम मार्गकी २२ वर्षीया नाम्जा शेर्पा लागूऔषधसहित पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शेर्पाको घरमा खानतलासी गर्दा करिब ९३० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो । पक्राउ परेकी शेर्पालाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २,५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीले धानबालीमा ठूलो क्षति, पाँच करोडभन्दा बढीको नोक्सानी

    झापा/ असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापाका किसानको मेहनत बगाएको छ । बाढीका कारण जिल्लाभर ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार बाढीले ७०३ कृषकलाई करिब रु ५ करोड ७५ लाख २३ हजार बराबरको धान उत्पादनमा क्षति पुर्‍याएको छ । कुल १,६४४ दशमलव ३३ मेट्रिक टन धान बगाएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको छ । “बाढीले अन्य कृषिबालीमा पनि असर गरेको छ, तर धानमा जति क्षति अरुमा छैन,” प्रमुख विष्टले भन्नुभयो, “पाक्न लागेको धान बगाउँदा किसानहरू

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उखुबारीमा रोइरहेकी नाबालिका फेला, घटना रहस्यमय

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६ कदमाहास्थित एक उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन्। मंगलबार साँझ करिब ६ः३० बजे स्थानीयले शम्भुप्रसाद यादवको उखुबारीबाट बालिकाको रोदन आवाज सुनेपछि गएर हेर्दा नाबालिका फेला परेकी थिइन्। स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुगेका बेला बालिका लगातार रोइरहेकी थिइन् भने उनको अभिभावक वा आफन्त कोही पनि आसपास भेटिएका थिएनन्। मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकालाई सुरक्षाका लागि तत्काल स्थानीय सिजवना खातुनको जिम्मामा लगाइएको थियो। उनले

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कछुवाको टोकाइ र दुई झापटपछि अस्पतालमा बिरबहादुर, सुनसरीमा विचित्र घटना

    सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–७ मा बाढीले बगाएर ल्याएको कछुवाको कारण एक स्थानीय बिरामी भएका छन्। कछुवाको टोकाइ र त्यसपछि भएको विवादका कारण घटना विचित्र बनेको हो। मिति २०८२ असोज १९ गते दिउँसो करिब २ बजे बाढीले ल्याएको करिब ८–९ किलो तौलको कछुवा स्थानीयले फेला पारेका थिए। स्थानीयले उक्त कछुवालाई सामुदायिक वनमा राख्ने सल्लाह गर्दै गर्दा घटना घटेको हो। त्यही क्रममा ५१ वर्षीय बिरबहादुर राईले “कछुवाको छातिमा बल्छी अड्किएको छ, निकाल्छु” भन्दै हात लगाउँदा कछुवाले उनको बुढी औंलामा टोक्यो। हातबाट रगत बगेपछि सामुदायिक वनका अध्यक्ष ४५ वर्षीय रमेश राईले “किन चलाको?&

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ६६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा बेवारिसे मोटरसाइकलसहित २६ वटा बोईलर कुखुरा बरामद

    सुनसरी/सुनसरीको कोशी गाउँपालिका–१ केराबारीस्थित उत्तर–दक्षिण भन्सार जाने बाटोमा प्रहरीले बेवारिसे अवस्थामा राखिएको मोटरसाइकल र कुखुरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक अशोक कोईरालाको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान करिब ८:४५ बजे को ३९ प १५६५ नम्बरको मोटरसाइकलमा २६ वटा (करीब ५० किलो तौलका) बोईलर कुखुरा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल र कुखुराहरू कसको हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बरामद सामग्री र सवारीसाधन हाल इलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा राखिएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा स्कारपियोको ठक्करबाट पैदल यात्रुको मृत्यु

    इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–९ स्थित साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोरङ बिराटनगर–१२ घर भएका ४० वर्षीय अच्युतप्रसाद बराल गम्भीर घाइते भएका थिए। घाइते बराललाई प्रारम्भिक उपचारका लागि इटहरी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। उपचारको क्रममा राति करिब ८:५० बजे उनको मृत्यु भएको प्रहरीले पुष्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपराजित नेपाल फाइनलको ढोका नजिक, ओमानलाई ३८ रनले हरायो

    सुनसरी/ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा आफ्नो अपराजित यात्रा जारी राख्दै उपाधिको एक कदम नजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा नेपालले शक्तिशाली ओमानलाई ३८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो। १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका लागि गुलशन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ५२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved