सुनसरीमा बेवारिसे मोटरसाइकलसहित २६ वटा बोईलर कुखुरा बरामद

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

सुनसरी/सुनसरीको कोशी गाउँपालिका–१ केराबारीस्थित उत्तर–दक्षिण भन्सार जाने बाटोमा प्रहरीले बेवारिसे अवस्थामा राखिएको मोटरसाइकल र कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक अशोक कोईरालाको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान करिब ८:४५ बजे को ३९ प १५६५ नम्बरको मोटरसाइकलमा २६ वटा (करीब ५० किलो तौलका) बोईलर कुखुरा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त मोटरसाइकल र कुखुराहरू कसको हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

बरामद सामग्री र सवारीसाधन हाल इलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा राखिएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय लौकहीबाट करिब एक किलोमिटर पूर्वदक्षिणतर्फ पर्ने बताइएको छ ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved