उखुबारीमा रोइरहेकी नाबालिका फेला, घटना रहस्यमय

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: स्थानीय सिजवना खातुन र बालिका

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६ कदमाहास्थित एक उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन्।

मंगलबार साँझ करिब ६ः३० बजे स्थानीयले शम्भुप्रसाद यादवको उखुबारीबाट बालिकाको रोदन आवाज सुनेपछि गएर हेर्दा नाबालिका फेला परेकी थिइन्।

स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुगेका बेला बालिका लगातार रोइरहेकी थिइन् भने उनको अभिभावक वा आफन्त कोही पनि आसपास भेटिएका थिएनन्।

मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकालाई सुरक्षाका लागि तत्काल स्थानीय सिजवना खातुनको जिम्मामा लगाइएको थियो। उनले भनिन्, “नाबालिकाका अभिभावक वा आफन्त कोही सम्पर्कमा आएका छैनन्। पहिचानका प्रयास भइरहेका छन्।”

बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र संरक्षणका लागि बुधबार विराटनगर–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बालिकालाई कसले उखुबारीमा छाडेको हो भन्नेबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

घटना रहस्यमय रहेको भन्दै प्रहरीले त्यागिएको वा वेपत्ता प्रकरण दुबै सम्भावना खुला राखेको बताएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved