कछुवाको टोकाइ र दुई झापटपछि अस्पतालमा बिरबहादुर, सुनसरीमा विचित्र घटना

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–७ मा बाढीले बगाएर ल्याएको कछुवाको कारण एक स्थानीय बिरामी भएका छन्। कछुवाको टोकाइ र त्यसपछि भएको विवादका कारण घटना विचित्र बनेको हो।

मिति २०८२ असोज १९ गते दिउँसो करिब २ बजे बाढीले ल्याएको करिब ८–९ किलो तौलको कछुवा स्थानीयले फेला पारेका थिए। स्थानीयले उक्त कछुवालाई सामुदायिक वनमा राख्ने सल्लाह गर्दै गर्दा घटना घटेको हो।

त्यही क्रममा ५१ वर्षीय बिरबहादुर राईले “कछुवाको छातिमा बल्छी अड्किएको छ, निकाल्छु” भन्दै हात लगाउँदा कछुवाले उनको बुढी औंलामा टोक्यो। हातबाट रगत बगेपछि सामुदायिक वनका अध्यक्ष ४५ वर्षीय रमेश राईले “किन चलाको?” भन्दै उनलाई दुई झापट हानेका थिए।

घटनापछि केही दिनसम्म सामान्य देखिए पनि असोज २९ गते बिहान बिरबहादुरको स्वास्थ्य बिग्रँदै गयो। मुखबाट रगत बमिट भएपछि आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराए। प्रहरी टोली घटनास्थल पुग्दा बिरबहादुरलाई तुरुन्त उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो।

हाल बिरबहादुर राईको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved