इटहरीमा स्कारपियोको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–९ स्थित साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोरङ बिराटनगर–१२ घर भएका ४० वर्षीय अच्युतप्रसाद बराल गम्भीर घाइते भएका थिए।

घाइते बराललाई प्रारम्भिक उपचारका लागि इटहरी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो।

उपचारको क्रममा राति करिब ८:५० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

स्कारपियो चालक सुन्दरहरैंचा नगरपालिका–८ का २२ वर्षीय संजय सग्रौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बिट गौसारका प्रमुख हिरालाल यादवको कमान्डमा टोली खटिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved