बाढीले धानबालीमा ठूलो क्षति, पाँच करोडभन्दा बढीको नोक्सानी

  • असोज ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

झापा/ असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापाका किसानको मेहनत बगाएको छ । बाढीका कारण जिल्लाभर ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार बाढीले ७०३ कृषकलाई करिब रु ५ करोड ७५ लाख २३ हजार बराबरको धान उत्पादनमा क्षति पुर्‍याएको छ । कुल १,६४४ दशमलव ३३ मेट्रिक टन धान बगाएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको छ ।

“बाढीले अन्य कृषिबालीमा पनि असर गरेको छ, तर धानमा जति क्षति अरुमा छैन,” प्रमुख विष्टले भन्नुभयो, “पाक्न लागेको धान बगाउँदा किसानहरू गम्भीर समस्यामा परेका छन्।”

अविरल वर्षापछि कनकाई र विरिङ नदीमा आएको बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाका ५,०१२ दशमलव ६३ हेक्टर जमिनमा रहेका कृषिजन्य बाली बगाएको छ ।

यीमध्ये सबैभन्दा धेरै क्षति झापा गाउँपालिकामा भएको केन्द्रले जनाएको छ । सो पालिकाका वडा नं १, २ र ३ का ४३१ किसानको करिब रु ५ करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा बाली नष्ट भएको हो ।

स्थानीय किसानले सरकारले तत्काल राहत र क्षतिपूर्ति कार्यक्रम ल्याउन माग गरेका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved