स्थानीय

    Showing 1,081-1,090 of 4,924 items.
  • सुनसरीबाट १२८ किलोभन्दा बढी गाँजासहित अटो बरामद

    धरान/  सुनसरीको बर्जु गाउँपालिकाको भित्री सडक खण्ड हुँदै अवैध रुपमा लागुऔषध गाँजा ओसारपसार हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मिति २०८२ साल साउन १६ गते साँझ ७:४० बजे बर्जु गाउँपालिका–३, धत्ता टोल हुँदै कैसलिया खोला पार गर्दै विराटनगरतर्फ जाँदै गरेको को.२ ह. १५१४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटो चालक प्रहरी टोलीलाई देखेपछि उखुबारीतर्फ भागेर फरार भएका थिए। अटोमा चेकजाँच गर्दा पाँच वटा जेब्रा झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने १२८.४५ केजी (एक सय अठाइस किलोग्राम चार सय पचास ग्राम) पदा

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 1,336 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो कपः क्वाटरफाइनलमा प्राडाइज, प्रभात, लिट्ल फ्लावर, पुर्वाञ्चल, सुनखरी र काम्रेल

    धरान/डिपो स्कुलको आयोजनामा बिहीबारदेखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप अन्तर्गत शुक्रबारका खेल सकिँदासम्म प्राडाइज स्कुल तरहरा, प्रभात स्कुल, लिट्ल फ्लावर झापा, पुर्वाञ्चल स्कुल तरहरा, सुनखरी स्कुल र काम्रेल हाइस्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको खेलमा: • प्राडाइज स्कुल तरहराले डिपो स्कुल धरानलाई ३२–२० ले, • प्रभात स्कुलले मेघा स्कुल धरानलाई ५४–३६ ले, • लिट्ल फ्लावर स्कुल झापाले युनाइटेड स्कुललाई ४९–४ ले, • पुर्वाञ्चल स्कुल तरहराले इस्ट होराइजनलाई ३३–२७ ले, • सुनखरी स्कुलले ग्र

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुई मोटरसाइकलसहित २४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

    धरान । लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानबाट दुई जना मोटरसाइकलसहित पक्राउ परेका छन्। २०८२ साउन १५ गते साँझ ६:५५ बजेको समयमा धरान उपमहानगरपालिका–२० स्थित सिरिसेबास हिले खोला क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा २४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ जलारा निवासी ३२ वर्षीय बिरेन राई र सोही गाउँपालिका–८ खुडीका ३८ वर्षीय मोहन राई रहेका छन्। बिरेन राईको को.३८प २६९६ नम्बरको मोटरसाइकलमा १३.११५ केजी (तेह्र किलो एक सय पन्ध्र ग्राम)

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 1,295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भावनामा बगेर धरानले अवसर गुमाउदै : सांसद विजयकुमार राई

    धरान/ नेपाल सरकारले धरानका लागि ल्याउन खोजेको कोशीको पानीको आयोजना अन्तर्गतको ८५ प्रतिशत अनुदान नस्वीकार्दा धरानले सुनौलो अवसर गुमाउन लागेको कोशी प्रदेशका सांसद विजयकुमार राईले चेतावनी दिएका छन्। चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले स्थानीय सरकार प्रमुखको ‘म ऋण लिन्न’ भन्ने अभिव्यक्तिको कडा आलोचना गरे। “भावनामा बगेर, हठधर्मी भएर अवसर त्याग्दा धरान पछि पर्छ,” उनले भने। उनका अनुसार संघीय सरकारले प्रस्ताव गरेको ८५ प्रतिशत अनुदान धरानको खानेपानी समस्याको तत्काल समाधानका लागि सुनौलो अवसर हो। तर, धरानका मेयर ह

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्सको बधाई तथा शुभकामना

    धरान/  उद्योग वाणिज्य संघ सुनसरीका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूलाई सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। धरान–९ स्थित कलेज रोडमा अवस्थित सर्कल क्याफेमा आयोजित उक्त कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स धरान शाखाका प्रमुख प्रतिक श्रेष्ठले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले सानिमाले विगत तीन वर्षदेखि व्यापार मेला ‘धरान एक्स्पो’ मा इन्स्योरेन्स पार्टनरको भूमिका निर्वाह गर्दै आएको र प्राकृतिक प्रकोपबाट हुन सक्ने क्ष

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पारिवारिक विवादले लिए ज्यान : फालेलुङमा कोदालोको प्रहारबाट पत्नीको मृत्यु

    फिदिम/  पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमानको प्रहारबाट गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा निधन भएको हो। पुलिसका अनुसार राईलाई उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालोले प्रहार गरेका थिए। अनु राई फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार तामाङ ससुराली आएका बेला पारिवारिक विवादका क्रममा कोदालो प्रहार गरेका थिए। कोदालोको पासोले लागेको घाउ ग

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कोशी प्रोजेक्ट’ सफल भयो भने मेयरको मुद्दा सकिन्छ : एमाले अध्यक्ष एभेङ

    धरान/  धरानको बहुचर्चित खानेपानी योजना ‘कोशी प्रोजेक्ट’ सफल भए मेयर हर्कराज राईको राजनीतिक एजेन्डा नै सकिने नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले दाबी गरेका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा अध्यक्ष एभेङले मेयर राईले प्रोजेक्ट विफल पार्न जनतामाझ भ्रम सिर्जना गरिरहेको आरोप लगाए। “यो प्रोजेक्ट सफल भयो भने उहाँको मुद्दा सकिन्छ, बाहिरी सहयोग पनि सकिन्छ। त्यसैले उहाँ चल्ने ठाउँ नभएपछि यस्ता प्रोजेक्टहरू रोक्न खोज्नु भएको हो,” एभेङले भने। भिडियो: उनका अनुसार धरानको खानेपानी समस्या समाधान गर्न प्रस्ताव गरिएको कोशी प्रोजेक्ट ऋण नभई ८५ प्

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 1,424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीमा बढ्दो असन्तुष्टि: २ हजार बढीको राजीनामा

    काठमाडौं/  एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो । यस्तै गत आर्थिक वर्षमा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्लेन चढेर गएकाहरु बाकसमा एक हजार बढीको मृत्युवरण,७० जनाको शव अलपत्र

    धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् । वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्य

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो स्कुलद्वारा आयोजित मेजर श्रवणकुमार मेमोरियल बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन चार टिम विजयी

    धरान/डिपो स्कुलको आयोजनामा विद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु भएको छ। उद्घाटन दिनको खेलमा प्रभात स्कुल, आइडल स्कुल, काम्रेल स्कुल र हिमशिखर स्कुल तरहराले जित निकालेका छन्। कोशी प्रदेशका माननीय सांसद विजयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा डिपो स्कुलका अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्वु र प्रमुख अतिथिले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए। कार्यक्रममा अध्यक्ष लिम्वुले विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्वुको योगदान र प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारे। प्रभात स्कुलले

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved