विद्युत प्राधिकरणको निर्णयले मोरङका उद्योगी आक्रोशित, तत्काल बिजुली सुचारु गर्न माग

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प बनेपछि उद्योग संगठन मोरङले तत्काल विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध भएपछि औद्योगिक उत्पादन ठप्प हुनुका साथै निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको उल्लेख गरेको छ।

“डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन छ,” विज्ञप्तिमा भनिएको छ, “तर प्रत्येकपटक सरकार परिवर्तनसँगै विवाद बल्झँदा समग्र निजी क्षेत्रप्रति नकारात्मक धारणा बनाउने वातावरण सिर्जना हुँदै आएको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता छ।”

संगठनका अनुसार विद्युत् कटौतीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा पनि नकारात्मक सन्देश पुगेको छ। उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा समेत गम्भीर असर परेको संगठनले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीच त्रिपक्षीय समन्वयमार्फत तत्काल विवाद समाधान गरी बिजुली आपूर्ति पुनः सुरु गर्न संगठनले आग्रह गरेको छ।

संगठनका अध्यक्ष राकेश सुरानाका अनुसार, “उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको बक्यौता भुक्तानी नगरेको भन्दै हाल करिब दुई दर्जन उद्योगको विद्युत् काटिदिएको जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved