विराटनगर/नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय र संगठित सदस्य भएको दाबी गरेकी छन् । तर, पार्टीले भने उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४५ वर्षदेखि आफू एमालेको संगठित सदस्य रहेको दाबी गरेकी हुन् । पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ । ‘म नेकपा (एमाले)को कार्यकर्ता हो । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हो । पार्टीले निर्णय गरेर पठाएको हो । र आज पनि म त्यहीँ छु,’ उनले भनिन् । पार्टी सदस्यत
भोजपुर/ अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ । अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् । गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् । यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै
विराटनगर/ कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको शुभारम्भ गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती खेपिरहेको भन्दै यो कार्यालयले त्यसलाई सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।उनले भने, “जनतामा करको बोझ नपर्ने गरी राजस्व स्रोतको पहिचान गरी संकलन गर्ने हाम्रो उद्देश्य हो । यो कार्यालय त्यसमा टेवा पुग्नेछ ।” प्रदेश सरकारहरू मध्ये पहिलोपट
विराटनगर/ मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति कारमार्फत लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा राति ११ बजे उर्लाबारी–९ आमबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालक
धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निध
विराटनगर/ ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चु
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।
धरान/ हिन्दुहरूको पावन पर्व कृष्ण जन्माष्टमीको समापनको अवसरमा आज आइतबार धरान र विराटनगरमा भव्य ‘श्रीकृष्ण रथयात्रा’ आयोजना हुँदैछ। धरानमा दिउँसो २ बजे गीता भवन परिसरबाट सुरु हुने रथयात्राले यस वर्ष २१ वर्ष पूरा गरेको गीता भवन सञ्चालक समितिका उपाध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारीले जानकारी दिए। रथयात्रा छाता चौक, लक्ष्मी चौक, पुरानो बजार, भौडी चौक हुँदै भानु चौकमार्गबाट पुनः गीता भवनमा विसर्जन गरिनेछ। यसपटक पनि भक्तजनले डोरी तानेर रथ तान्ने परम्परा कायम भए पनि, भौगोलिक र प्राविधिक कारणले सवारी साधनमार्फत रथयात्रा सम्पन्न गरिने भएको छ। त्यस्तै, विर
ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे